• शनिबार-बैशाख-८-२०८१

हुम्लाको खार्पुनाथमा प्रभु बैंकको शाखा सञ्चालन 


काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जालविस्तार गर्ने क्रममा २०७६ असार २५ देखि हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिकास्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरेका थिए  ।


शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै २०७६ असार २५ गतेदेखि सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने  बताउदै बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरेका ।

 

खार्पुनाथ शाखाकार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ, हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


खार्पुनाथ शाखा समेत गरी बंैकले  हालसम्म १८७ वटा शाखा, १५० वटा ब्त्ः र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दैै आएको छ ।
असार २५ गतेदेखि सञ्चालनमा आएको बैंकको खार्पुनाथ शाखा कार्यालयबाट त्यहाँका स्थानीय सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ÷संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरेर लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।


 

प्रतिकृया दिनुहोस