समृद्धि सपनाको सुरुवाल खुस्किएको बेला
हाम्रा प्रधानमन्त्रीलाई विपक्षीको मास्क षडयन्त्रको काम्ने रोग लागेको छ ।
गाउँघरम्ाँ लाग्ने काम्ने रोग सामान्य एन्जाइटी मात्रै हुन्छ ।
तर, खतराजन्य देखिंदा पनि कसैमा यो प्रवृत्ति देखिन्छ भने
यो मनोरोगको पातलो ऐंजेरु–एन्जाइटी रोग कै लक्षण हो ।
हाम्रा प्रधानमन्त्री सरकारविरुद्धको षडयन्त्रमा गन्धक गन्ध फेला पार्नु हुन्छ ।
त्यो पनि सत्र सालको अपदस्थ सरकारको गन्धक गन्ध ।
सत्र सालको अत्यधिक बहुमत सरकारको विस्मृत दंश
विपक्षीलाई तर्साउन उठाउन खोजिएको हो कि आफ्नो परपीडन ओकल्न
बुझ्न धेरैलाई हम्मे परेको छ ।
तर, नेपाली राजनीतिको कखरा जान्नेले पनि खुट्ट्याउन के सक्छन भने
हाम्रा प्रधानमन्त्रीको स्थायित्वको सन्तुलन खस्किएको छ ।
वहाँ आफ्नैहरूको बीचमा ‘बिल्टौआ’ हुँदै जानु भएको छ ।
बिल्टौआ मधेशमा बोलिने लबज हो ।
हाम्रा प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई थाहा छ, बिल्टौवा कसका लागि भनिन्छ ।
मूल विषय हो, सरकारले आफूले चाहे जस्तो गर्न पाएन भन्ने नै हो ।
सरकारले आफूले भने जस्तो र सोचे जस्तो गर्न पाउँदैन भने
त्यसको मूल दोष सरकार प्रमुख कै हुन्छ ।
फट्याँइ उखान हालेर गफिनु भन्दा
मौसम विभागले निकालेको मौसमी पात्रो दिनहुँ पाठ गरेनि हुन्थ्यो ।
किसानको थाँत थलोमा मल पु¥याउन सेनाको हेलिकोपटर झार्नै पर्दैन ।
नागरिक हेलिकोप्टर पनि पुग्दो हुन्थ्यो ।
आइफा एवार्डको निर्णय गर्न हतारिनु पनि पर्दैनथ्यो ।
न त विषादी तरकारी रोक्ने निर्णय फिर्ता लिनै पर्दथ्यो ।
मलाई त लाग्दछ अब धेरैले बुझे
संखुवा सभामा सैनिक हेलिकोप्टरको ओहोर दोहोरलाई विषयान्तर गर्न
निकालिएको फुँदा हो, आइफा एवार्डको विषय ।
एउटा एवार्डलाई लिएर सरकार प्रमुख प्रतिरक्षा गर्न उभ्भिनै पर्दैनथ्यो ।
न त विषादी तरकारी खोल्ने निर्णयमा प्रधानमन्त्रीले उखानै हाल्नु पर्दथ्यो ।
पूर्वतिर अझै पनि खेम गुरुङको एउटा गीतका हरफ स्वादले गाइन्छ ।
जसमा कालेबुड्डको मैनाचरीले टिस्टा खोला तरेको बयान हालिएको छ ।
अरुण खोलाको दोभानतिर टिस्टा खोलाबाट आइ पुग्ने पर्यटक मैनाचरीलाई
हाम्रा पुर्खा ढाकरहरूले किन हाक्पारे भाकामा गाए, अनुसन्धान भएको छैन ।
न त टिस्टा खोलाबाट आउने पहाडि मैनाचरीको
अरुण दोभानसम्मको घुमन्ते स्वभावको बयान नै सारिएको छ ।
तर, हाक्पारे गीतको संगगानमा त्यसको स्वैर कल्पनाको डोरो समातियो भने
हाम्रा प्रधानमन्त्रीको फट्याँइ बोली भन्दा भिन्न
विप्लब समूहको बिलौना बुझ्न बेर लाउने छैन ।
सबलाई मालुम विषय हो,
कर्म मेरो खोटी रै’छ ।
हाम्रो राजनीतिमा बोक्सी भ्रम धामीहरूकै सिर्जना हो ।
नभए हल्का मनोरोगको रन्को ।
न बुझिने भनेर भ्रम फैलाइएको विषय हो ।
कसले छेकेको छ सरकार प्रमुखलाई जनताको पक्षमा काम गर्न ।
आइफा एवार्डले हो कि विषालु तरकारीको आयातले ।
मित्र,
हाम्रा प्रधानमन्त्री आफै घाँडो हो, आफ्नो बुद्धिको ।
अर्थोक होइन ।
प्रतिकृया दिनुहोस