• शुक्रबार-चैत-१६-२०८०

६ लाख बोत्तलबाट घर

 

वातावरण स्वच्छ राख्न प्लास्टिकको कम प्रयोग गर्ने नीति अख्तियार गर्न थालिएको छ । हाम्रो देशमा प्लास्टिक टुक्रा पारेर सडक निर्माण गरिएको छ । त्यस्तै हालै ६ लाख प्लास्टिकका बोत्तलको प्रयोग गरेर क्यानडामा एउटा घर बनाइएको छ  । यो घर अहिले आकर्षणको केन्द्र बनेको छ । ६ लाख बोत्तललाई रिसाइकल गरेर यस्तो घर बनाइएको हो ।

 

मेटागन नदीको किनारामा तीन कोठाको घर बनाइएको हो । यसबाहेक घरमा एउटा किचन, बाथरुम र छत पनि निर्माण गरिएको छ । बाहिरबाट साधारण देखिएपनि भित्रबाट यो एकदमै शानदार छ । यस घरको निर्माण जोएल जर्मन र डेविड सउलनिर नामक कम्पनी मिलेर बनाएका हुन् । कम्पनीका अनुसार घरको पर्खाल १५ सेन्टिमिटर लामो छ । यसले कठोर मौसमलाई पनि झेल्न सक्दछ । यस घरले ३२६ माइल प्रतिघण्टाको रफ्तारमा चल्ने हावाको सामना गर्न सक्छ । खबरका अनुसार, यस घर निर्माण गर्न साँढे चार करोडभन्दा बढी रकम खर्च गरेको बताइएको छ जसमा अनेकन सुविधाहरू रहेका छन् । 

प्रतिकृया दिनुहोस