• आइतबार-श्रावण-५-२०७६

काङ्ग्रेस मिशन र भिजनका साथ अघि बढ्छ : नेता पौडेल


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन्  । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले असार २१ गते  यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पौडेलले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे  ।


    राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको पौडेलको भनाइ थियो । पौडेलले भने, “राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।” 


पौडेलले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको छ भने । 

 

    फरक प्रसङ्गमा पौडेलले नेपाल विद्यार्थी सङ्घ गुटमा लाग्न नहुने सुझाव दिए । नेविसङ्घ स्वचालित हुन आवश्यक रहेको बताउँदै पौडेलले भने, “नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।”

 

    नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा काङ्ग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डेले प्रशिक्षण दिएका थिए  । 
–––

प्रतिकृया दिनुहोस