• आइतबार-असोज-५-२०७६

सुगर रोगदेखि दमका रोगीका लागि अति   उपयोगी दालचिनी 


दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ । दालचिनी हाम्रो भान्छामा सजिलै पाइने मरमसला हो । यसलाई प्राय: चियामा हालेर खाने गर्दछ । यसमा फाइबर, क्याल्सियम तथा आइरनको मात्रा बढी हुने गर्दछ । यसले विभिन्न परिकार स्वादिलो बनाउने मात्रै होइन, विभिन्न रोगबाट बचाउने तथा उपचारको काम पनि छन् ।

 

आयुर्वेदिक, यूनानी र चाइनीज मेडिसिन बनाउन दालचीनीको प्रयोग हजारौँ वर्ष देखि भैइरहेको छ । आज पनि यसलाई कयौँ रोगहरूको उपचारमा प्रयोग गरिन्छ ।

 

आयुर्वेदिक एक्सपर्टका अनुहार, दालचीनीको यी ५ उपचार विधि चर्चा गरिएको छ र साथै दालचीनीको प्रयोग कुनै पनिले किसिमले गर्दा फाइदाजनक हुन्छ ।

दालचिनीका केही फाइदाहरु यसप्रकार छन् 

 

दालचिनीको प्रयोगले ब्लड सुगर लेभल नियमित गर्न सहयोग मिल्छ । यसले गर्दा डाइबिटिजका लागि यो प्राकृतिक उपचारका रुपमा लिने गरिएको छ ।

दालचिनीले एलडिएल अर्थात ब्याड कोलेस्ट्रोललाई कम गर्छ, दालचिनी पाउडर महमा मिसाएर पेस्ट बनाई खाएमा धमनीमा कोलेस्ट्रोल जम्मा हुन पाउँदैन । यसबाट हृदयघातको जोखिम कम हुन्छ ।

 

अपच, ग्यास्ट्रिक तथा वान्ता हुने जस्ता समस्याका लागि पनि दालचिनी उपयुक्त हुन्छ । यस्तो समस्या भएका व्यक्तिले हरेक दिन एक गिलास पानीसँग आधा चमच दालचिनी पाउडर खाएमा राम्रो हुन्छ । पेटमा हुने इनफेक्सनका लागि पनि दालचिनीको प्रयोग राम्रो मानिएको छ ।

 

दालचिनी पाउडरको लेप जोर्नीहरुमा लगाउँदा जोर्नी दुख्ने समस्या कम हुने गर्छ ।

 

दालचिनीको प्रयोग क्यान्सरको उपचार तथा क्यान्सर हुनबाट रोक्का लागि पनि प्रयोग गर्ने गरिएको छ । यसमा क्यान्सर सेलको विकास तथा बिस्तारलाई रोक्ने क्षमता हुने अध्ययनहरुले देखाएका छन्।

 

दालचिनीको प्रयोगले शरीरमा रक्त सञ्चार नियमित हुने गर्छ । यसले गर्दा मेटबोलिजम रेट बढ्छ, जसले मोटोपन कम गर्न सहयोग मिल्छ ।

 

दालचिनीलाई विश्वका ७ उत्कृष्ट एन्टिअक्सिडेन्ट मध्ये लिने गरिएको छ । यसको प्रयोगले शरीरमा रहेका मृत कोष हट्ने र छालाको सुन्दरता राम्रो हुन्छ ।

 

यस्तै यसमा हुने एन्टिब्याक्टेलिय गुणले दाँत तथा गिँजालाई स्वस्थ राख्न सहयोग गर्छ । दालचिनीको पाउडरले दाँत मसाज गरेमा दाँत तथा गिँजा सम्बन्धी समस्या कम हुन्छ ।

 

चिसो लागेको वा रुघाखोकी लागेको अवस्थामा एक चमचा दालचिनी पाउडरलाई एक गिलास पानीमा उमालेर पिउँदा फाइदा हुन्छ ।

 

दमका रोगीहरुका लागि दालचिनीको प्रयोग फाइदाजनक छ भने मस्तिष्कका लागि पनि दालचिनी उपयोगी हुने देखिएको छ । यसको प्रयोगले स्मरण शक्ति बलियो हुने अध्ययनहरुबाट देखिएका छन् ।

 

औषधोपचार

अल्काईको रोगमा

दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।

 

रुघाखोकीको ज्वरोमा

 

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठीक हुन्छ ।

 

दम खोकीमा

आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।

 

चिसोले कपाल दुखेमा

 

दालचिनी र मरिचको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।

 

घाँटी बसेमा

 

सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।

 

कोलस्टेरोल घटाउन

 

दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ ।

 

खोकीसंग जोडिएको दालचिनीको यस्तो छ सम्बन्ध

 

उमालेको दालचिनी पानीलाई कपडाले छान्ने र दिनमा दुई पटक त्यो पानी पिउने ।

 

केही दिनसम्म नियमित दालचिनी पानीको सेवन गरेमा कफको समस्या कम हुँदै जान्छ ।

 

दालचिनीलाई राम्रोसँग पिसेर धुलो बनाउने ।

 

एक चम्चा दालचिनीको धुलोलाई एक कप पानीमा मिसाउने र राम्रोसँग उमाल्ने ।

 

दालचिनीलाई महसँग मिसाएर खाँदा यी रोगसंग लड्न सहायता पुग्छ

 

क्यान्सर

 

दिनदिनै तातोपानीका साथ दालचिनीको धूलो र मह खाँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । यसले शरीरलाई क्यान्सर सेल्ससँग लड्न सहायता पुग्छ ।

 

रुघाखोकी

 

जाडोमा रुघाखोकी र ज्वरो भगाउनका लागि दालचिनीको धूलो, मह र मरिच मिसाएर खानुहोस् । यसले रोग हटाउनुका साथै शरीरमा ऊर्जा प्रदान गर्छ ।

 

अल्सर

दालचिनी महमा मिसाएर खाँदा बान्ता, छेर, अपच, ग्यास, पेट दुखेको, एसिडिटी जस्ता समस्या भगाउँनुका साथै अल्सर पनि निको बनाउँछ ।

मोटोपन

एक गिलास पानीमा एउटा सानो चम्चा दालचिनी र मह उमालेर दिनदिनै पिउँदा कोलेस्ट्रोल दुईगुणा घट्छ । दिनदिनै यसको चिया खाँदा तौल कम गर्न सहायता पुग्छ ।

 

टाउको दुखेको

 

टाउको दुखेको निको पार्न दालचिनी र तेजपातलाई पिँधेर चामलको पीठोमा हालेर सुँघ्नुहोस् । त्यसबाहेक त्यसमा केही थोपा तेल हालेर टाउको मालिश गर्दा पनि पीडा कम हुन्छ ।

मुटुरोग

मुटुलाई स्वस्थ राख्नका लागि दिनदिनै दालचिनी र मह सेवन गर्नुहोस् । रोटीमा दलेर वा चियामा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।

सुन्निएको

छालाको संक्रमण, पीडा, घाउ र सुन्निएको समस्यामा दालचिनीको तेल प्रयोग गर्नुहोस् । त्यसबाहेक दाँतमा पीडा हुँदा र सास गनाउने समस्या हुँदा पनि दालचिनी मुखमा राखेर चुस्नुहोस् ।

जोर्नी र घुँडामा पीडा

एक महिनासम्म दुईचोटि तातोपानीमा दालचिनी र मह हालेर पीडा भएको ठाउँमा मालिश गर्दा पीडा गायब हुन्छ ।
 

प्रतिकृया दिनुहोस