• शनिबार-बैशाख-१५-२०८१

पृतनापति ट्रफीको उपाधि १९ नं बाहिनीलाई


सुर्खेत, २० असार (रासस) : पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनीले जितेको छ । उत्तरपश्चिम पृतनापति उपरथी सरोजप्रताप राणाले आज यहाँ आयोजित समापन कार्यक्रममा १९ नम्बर बाहिनीलाई ट्रफी हस्तान्तरण गरे  ।

 

 सर्वोत्कृष्ट तथा विजयी खेलाडीलाई उपरथी राणाका साथै नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी र सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रजाभक्त श्रेष्ठले शिल्ड  र प्रमाणपत्र वितरण गरेका  थिए ।

 

प्रतियोगितामा बक्सिङतर्फ नन्दाबक्स गण, बास्केट बलतर्फ सबुज गण, एथलेटिक्सतर्फ नयाँ सबुज गण, स्वीमिङतर्फ ज्वालादल गण, भलिबलतर्फ नयाँ सबुज गण, तानडोरीतर्फ नन्दाबक्स गण र तेक्वान्दोतर्फ नयाँ सबुज गण विजयी भए । आजै नयाँ सबुज गण र नन्दाबक्स गणबीच भएको फुटबलको फाइनलमा नन्दाबक्स गण ३–० गोलले विजयी भयो । सर्वोत्कृष्ट खेलाडीले प्रधानसेनापति ट्रफीमा भाग लिनेछन् । 

प्रतिकृया दिनुहोस