• शुक्रबार-चैत-१६-२०८०

घरधनीबाट किशोरीको शारीरिक शोषण


भद्रपुर, १७ असार (रासस) : झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले  त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी  कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छन् । 


    
    पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले उजुरी दिएको उक्त कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए  ।

 

    अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लो पटक बलात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई  सडकमा अलपत्र छाडेका थिए । स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई बुझाएका थिए ।

 

अभियुक्त फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरी निरीक्षक ठाकुरले बताउनुभयो । पीडित किशोरीले आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारिदिने धम्की दिँदै आएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस