• शनिबार-बैशाख-८-२०८१

इरानका बारेमा ट्रम्पले पुटिनसँग पनि छलफल गर्ने


मस्को, १२  असार (रासस/एएफपी):  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ । 

 

    जी २० सम्मेलनका क्रममा जापानमा उहाँहरूबीच यही हप्ता भेटवार्ता हुने रुसी विदेश मन्त्रालयले असार ११ गते बुधबार जनाएको छ ।

 

    उनीहरूबीच इरानसँग अमेरिकाको चर्किदो विवाद र सिरिया सङ्कटका बारेमा कुराकानी हुने अधिकारीहरूले बताएका छन् । 

 

    इरानसँगको विवाद चर्किदै गएकाले विभिन्न देशका शीर्ष नेताहरूसँग छलफल गरिरहेको अमेरिकी पक्षले रुसी राष्ट्रपतिसँग पनि छलफल गर्न लागेको हो । 

 

    पुटिनले जापान भ्रमणका क्रममा बेलायती कामचलाउ प्रधानमन्त्री थेरेशा मे, टर्कीका राष्ट्रपति रेसेप तयप एड्रोगान, साउदी युवराज मोहम्मद बिन सलमानलगायतसँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ । 

 

    पुटिनले ट्रम्पसँग यही आउँदो शुक्रबार (२०७६ असार १३ गते) जापानको पश्चिमी शहर ओसाकामा भेट गर्ने अधिकारीहरूले जनाएका छन् । 
–––

प्रतिकृया दिनुहोस