• शुक्रबार-बैशाख-७-२०८१

निरज श्रेष्ठ बने सनराइज बैंकको सीईओ

नयाँ प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ


काठमाडौं, २३ जेठ।  बैंकिंग क्षेत्रमा कडा स्वभावका मानिने सीईओ रत्नराज बज्राचार्यले चार वर्ष कमाण्ड गरेको   सनराइज बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् । बैंकको जेठ २२ गते बुधबार बसेको सञ्चालक समितिले उनलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।

 

संधै बिहीबार बस्ने बोर्ड बैठक यसपटक सार्वजनिक विदाको दिन जेठ २२ गते बसेर २०७६ बैशाख ३१ गतेदेखि रिक्त रहेको  प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गरेको छ। सनराइज बैंकको प्रमुख कार्यकारीमा निरज श्रेष्ठ, अनुजमणि तिमिल्सिना र जनक शर्माको चर्चा चलेको थियो। 

 

चार बर्षे कार्यकाल पूरा गरेर रत्नराज बज्राचार्य बाहिरिएपछि सनराइजले श्रेष्ठलाई नियुक्त गरेको हो। बज्राचार्यको बहिर्गमनपछि कामु प्रमुख कार्यकारीका रुपमा आशा राणा अधिकारीले बैंक हाँकेकी थिइन् । श्रेष्ठ केही समयअघि आफ्नो कार्यकाल पूरा नहुँदै माछापुच्छ्रे बैंकबाट राजीनामा गरेर बाहिरिएका थिए। उनले एक बर्षअघि माछापुच्छ्रे बैंक छाडेका थिए।

 

तत्कालीन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले केही  समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरेका थिए। उनी २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका थिए।

 

करियरको सुरुवातमा १३ बर्ष ग्रिनलेजमा काम गरेका श्रेष्ठले त्यसपछि तत्कालीन एस फाइनान्स (हाल एस डेभलपमेन्ट बैंक) को व्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हालेका थिए। एनआइसी र एनआइसी एसियामा सेकेन्ड म्यानको रुपमा नौ बर्ष बिताएका थिए। ग्लोबल आईएमइ जानु अघि उनी एनआइसी एसिया बैंकमा बिजेनेश बैंकिङ हेर्नेगरी  महाप्रबन्धक रहेर काम गरेका थिए।

 

रत्नराज बज्राचार्य जस्तो अनुशासित र निस्वार्थ व्यक्तिले विवादरहित भएर चार वर्ष हाँकेको  सनराइज बैंकमा ३० वर्षको बैंकिंग अनुभव संगालेका निरज श्रेष्ठ नियुक्त भएका छन् ।  नेपाली मारवाडी घरानाका उद्योगी-व्यबसायी  मोतीलाल दुगर अध्यक्ष रहेको सनराइज बैंक अहिलेको कडा प्रतिस्पर्धा र बिग मर्जरको हल्ला चलिरहेको समयमा निरज श्रेष्ठका लागि चुनौती पनि बनेको छ

प्रतिकृया दिनुहोस