• शनिबार-बैशाख-८-२०८१

संघीय लोकतन्त्रमा हस्तक्षेप नहुनेमा विश्वस्त छु 

दुई देशबीच स्वाभिमानको इज्जत गर्नुपर्छ

 

 

(भारतमा फेरि पनि नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकार बनेको छ । अत्याधिक बहुमतसहित नरेन्द्र मोदीले दोस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहँदा यसले नेपाललाई असर वा प्रभाव के गर्ला भन्ने चासो उत्तिकै छ । यसै सन्दर्भमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य यसबारे के भन्छन् त । उनी नेपाल र भारतले संयुक्तरुपमा गठन गरेको प्रवुद्ध वर्ग समूहका नेपालतर्फका सदस्यसमेत हुन्) 

 


० नरेन्द्र मोदीले दोस्रो सत्ताको बागडोर सम्हाल्दा नेपाललाई के होला ? 
–नेपाल र भारतबीचको सम्बन्ध पहिलेदेखि नै राम्रो छ । केही आन्तरिक खट्पट कहिलेकाहीँ आउने हो । त्यसलाई छाड्ने हो भने हाम्रो सम्बन्ध पुरानो हो । यो सम्बन्ध लामो यात्रामा लागेको छ । अहिले भारतमा पनि बलियो सरकार आएको छ । नेपालमा पनि बलियो सरकार छ । दुवै देशको भलाईको निम्ति अहिले माहोल राम्रो छ । 


० बेलाबेलामा सम्बन्धमा दरार आउँछ नि ? 
–रसायन दुवै देशबीच मिलेको छ । सबैबीच आपसमा सम्बन्ध हुने र अगाडि बढ्ने वातावरण सदैव हुनुपर्छ । यति हुँदा पनि दरार कसरी भइरहेको छ ? यो अचम्मको कुरा हो । तर अहिले अवस्था फरक छ । दुई देशका सरकारले आपसमा राम्रो गति दिन्छन् भन्ने आशा गर्न सकिन्छ । अब ब्यापार सम्बन्ध पनि सुदृढ हुने आशा छ ।


० अहिलेसम्म व्यापारमा नेपाल किन कमजोर भयो त ? 
–ब्यापारमा केही ऐँजेरु उम्रेका छन् भने त्यसलाई फाल्नुप¥यो । हाम्रो लगानी बढाउनु प¥यो । भारतीय व्यापारीहरूलाई पनि लगानीका लागि आकर्षित गर्नुपर्छ । मानसिकता जहिले पनि कमजोर पक्षबाट सुरु हुन्छ । हामीमा भएका कमीकमजोरी हटाउनु आवश्यक छ । आयात होइन अब भन्दा निर्यात बढाउनु पर्छ ।


० प्रतिस्पर्धा गर्न सक्छ नेपाली बस्तुले ? 
–प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले त लगानी बढाउने हो । हामीले लगानी सम्मेलन ग¥यौं । हामीले कच्चा पदार्थमात्र पठाउने र अनि त्यसलाई महंगोमा किन्दा त ब्यापार घाटा कसरी घट्छ ? कृषिमा लगानी, उद्योग धन्धा खोल्ने र कच्चा पदार्थ नेपालकै उद्योगमा लगानी गर्ने वातावरण बनाउनु पर्छ । दुई देशको सम्बन्धले दुवै देशलाई फाइदा हुने हो । परिणाममुखी सम्बन्ध अगाडि बढाउनु पर्छ । नाकाबन्दीको समयबाट हामी धेरै अगाडि बढेका छौं । अब त्यस्तो हुनुहुँदैन ।


० नाकाबन्दी अब फेरि नहोला हगि ? 
–तपाईको स्वास्थ्यका लागि तपाई सजग हुनुपर्छ । त्यस्तै नेपाल र भारतबीच कुनै असमझदारी भयो भने त्यसलाई तत्काल समझदारीमा लैजानु पर्छ । समस्याहरू कूटनीतिकरुपमा राख्नु पर्छ । आदानप्रदान गर्नुपर्छ । छिमेकीको सम्बन्धलाई त राम्रो पार्दै जाने हो । दुबै देशले सजगता अपनाउने । राजनीतिक सांस्कृतिक भ्रमण र आदानप्रदान गर्नुप¥यो । 


० धार्मिक भ्रमणले सम्भावना बढाउँछ हैन ? 
–नेपालले भारतबाट धार्मिक र सांस्कृतिक पर्यटनबाट लाभ लिन सक्नुप¥यो । पर्यटन सहजता हुनुप¥यो । हामीले पर्यटकको  संख्यामात्र गनिरहेका छौं । कसरी पर्यटकलाई आकर्षण गर्ने र त्यहीं केही समय रहन सक्ने वातावरण बनाउने भन्नेतर्फ ध्यान दिन सकेका छैनौं । त्यो बनाउनु प¥यो । त्यसले आर्थिक उपार्जनमा मद्दत गर्छ । हिजोको निकटतालाई विद्युतीय लाइनबाट समेत पनि जोड्न सकिन्छ । यसो गरे नेपाल– भारत दुवै देशलाई फाइदा हुन्छ । सीमावर्ती क्षेत्रमा पनि विकास हुन्छ । दुवै देशको सम्बन्ध झन बढ्छ । यस मामलामा दुवै देशबीच आपसी समझदारी हुनु जरुरी छ ।


० तर, विकास भएन नि ? 
–हामीले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनु प¥यो । हामी त राजनीतिक उल्झनमा प¥यौं । बहुदलदेखि गणतन्त्रसम्मको परिवर्तनमा अल्झियौं । यही अल्झने विकास गर्ने फुर्सद नै कहाँ मिल्यो हामीलाई । राजनीतिक परिवर्तनलाई नै हामीले उपलब्धि ठान्यौं । यसबाट माथि उठ्नु पर्छ । अब छिमेकी राष्ट्रहरूको साथ हिँड्नु पर्छ ।


० भारत र चीनमा विकास हुने नेपालमा नहुने किन होला ? 
–चीनमा निरन्तर व्यवस्था चलिरहेको छ । भारतमा पनि राजनीतिले स्थिरिताको बाटो लिएको छ । नेपालमा लगातार परिवर्तन भयो । सामान्य विकास भयो नेपालमा । अब नेपाल र भारतबीचको सम्बन्ध अनि अन्य देशसंगको सम्बन्धले नेपालले विकासको गति लिनुपर्छ । त्यो अब लिन्छ नै । किनकि अब नेपालमा कुनै पनि राजनीतिक परिवर्तनको आवश्यकता छैन । राजनीतिक परिवर्तन भइसकेको छ । अब विकासको खाँचो छ । 


० भारतीय शीर्ष नेताहरू के चाहन्छन् भारत र नेपालबीचको सम्बन्धलाई लिएर ? 
–भारत आर्थिकरुपले विश्वमै अगाडि बढिरहेको छ । त्यसकारण भारतले नेपालमा भूमिका बढाउने हो भने आर्थिकरुपमै अगाडि बढाउने हो । नेपालको राजनीति परिवर्तनका बेलामा भारतले कुनै भूमिका खेलेको थियो होला । विवादमा हस्तक्षेप ग¥यो होला । तर,  अब त्यस्तो हस्तक्षेप गर्ने अवस्था छैन । भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्ने÷ नगर्ने भन्ने आउँदैन । अब हाम्रो क्षमता विकास भएको छ । हामी आफ्नो निर्णय आफै गर्न सक्ने भएका छौं । बहुमतको सरकार छ । संसद छ । मिडिया छ । अदालत छ । हामी आफै सक्षम भएका छौं । हाम्रो राजनीतिक मामिलामा बाह्य सहयोग चाहिँदैन । भारतले पनि त्यो किसिमको हस्तक्षेप गर्दैन । नेताहरूले पनि यस्तै चाहना गरेको पाएको छु ।


० मोदीले नेपाललाई हिन्दूत्वमा लैजान चाहेको देखिन्छ नि ? 
–भारतीय प्रधानमन्त्रीले नेपाललाई यता लैजान चाहनु हुन्छ उता लैजान चाहनु हुन्छ भन्ने लाग्दैन । केही नेपाली नेताको चाहना होला । उहाँ हिन्दू धर्ममा आस्था राख्नुहुन्छ । नेपालमा हिन्दूधर्मका कयौं स्थल र मन्दिर छन् । नेपालमा विदेशीको आस्था हुनु राम्रो हो । तर, हस्तक्षेप नहोला । 


० नेपालमा ८० प्रतिशत भन्दा बढी हिन्दू छन् । चाहना होला नि नेपालीको ? 
–भारतमा पनि त ८५ प्रतिशत बढी भारतीय हिन्दू छन् । तर त्यहाँ पनि त हिन्दू राज्य छैन । धर्म निरपेक्ष छ । राज्यले गरेको दोष धर्ममा नजाओस् भनेरै धर्म निरपेक्ष गरिएको हो । त्यसैले न त भारतले हस्तक्षेप गर्ला न त नेपालमा नै त्यस्तो दवाव जनाउला । 


० नेपाल हिन्दू राष्ट्र हुँदैन ? 
–नेपाल मुलुक त हिन्दू नै छ नि । राज्यले मात्र त्यसरी मान्दैन भनेको हो । 


० संघीय लोकतन्त्रमा हस्तक्षेप ? 
–संघीय लोकतन्त्रमा हस्तक्षेप नहुने कुरामा विश्वस्त छु । पहिले के थियो भनेर इतिहास नकोट्याउँ । अब ढुक्कसंग अगाडि बढौं । नेपाल र भारतबीचको प्रगति हुन्छ । विकास पनि हुन्छ । 


० काम त गर्न सक्दैनौं । सन्धि, सीमा विवाद, प्रवुद्ध वर्ग समूह, तपाई पनि सदस्य हुनुहुन्थ्यो ?
–नेपाल र भारत दुई पक्षीय सम्बन्ध छ । हुनुपर्छ । के कति विकास काममा परिवर्तन गर्नुपर्छ भनेर छलफल गर्नुपर्छ । सन्धि सीमाबारे पनि छलफल चलाउनु पर्छ । केही कमजोरी भए होलान् । प्रवुद्ध वर्गको सुझाव खेर जाँदैन भन्ने विश्वास छ ।


० मोदी पहिलो पटक नेपाल आउँदा सबै समस्याको समाधान गर्छु भनेका थिए । किन समाधान भएनन् त ? 
–हिजोका आनीबानी र मानसिकताबाट माथि उठ्नु प¥यो । तुरुन्तै मानसिकता फेरिंदैन । दुवै देशमा त्यही समस्या छ । नेपाली डिल गर्न चुकेका हैनन् । भविष्यमा यसलाई गम्भीर रुपले लैजानु प¥यो । अब कायान्वयनमा लैजानु पर्छ । 


० नेपालले त आफ्ना कुरै वार्ताको टेबलमा राख्न नसकेको भन्ने छ नि ? 
– हिजोको कुरा म गर्दिन । आज एउटै टेबुलमा बराबरीमा कुरा राख्न सकिन्छ । दुई देशका प्रधानमन्त्रीबीच त बराबरी कुराकानी हुन्छ नै । भइरहेको होला । नेपाली नेताप्रति विदेशमा कुरा राख्न सक्दैनन् भन्ने लघुताभाष हुने गर्दछ । यो गलत हो । नेपालमा सक्षम नेता छन् । सक्षम विज्ञहरू छन् । आफ्ना कुरा राख्दछन् । आवश्यक पहल गर्छन् । समर्थन जुटाउन सक्दछन् । हामीले विश्वका धेरै मुलुकसंग सम्बन्ध राखेका छौं । अहिले सम्भावना र उपकरण धेरै छन् । नेपालका मानिसहरू सक्षम छैनन् भन्ने गरिन्छ यो गलत हो । 


० अब  राम्रो होला त ? 
–नयाँ सरकार फेरिएको छ । अब फेरि वार्ता होला । हेर्नुस् न अब कुरा राख्न सक्छन् कि सक्दैनन् । दुई देशबीच खुलारुपमा वार्ता गर्ने गर्नुपर्छ । आपसमा वार्ता गर्दा कुरा नराख्ने अनि बाहिर कुरा गरेर विरोध गरेर सम्बन्ध राम्ररी अगाडि बढ्दैन । समयमै त्यसको उपचार हुन्छ । सहमति गरिसकेपछि कार्यान्वयन नगर्ने गर्दा पनि विश्वास अगाडि बढ्दैन । एक अर्काप्रति स्वाभिमानको इज्जत गर्नुपर्छ । कार्यान्वयन गर्न वाधा हुन्छन् भने त्यसलाई हटाउन सक्नुपर्छ । यसरी नै अगाडि बढ्ने हो । अब पछाडि परेर हैन संगसंगै हातेमालो गरेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । 

प्रतिकृया दिनुहोस