• शनिबार-भदौ-२८-२०८२

चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यु आदेश 


चितवन । चितवनमा निषेधाज्ञा र कफ्र्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो ।


नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति चितवनको मिति २०८२-०५-२६ गतेको निर्णयानुसार चितवन जिल्लाभरको सीमाभित्र लागू हुने गरी जारी भएको निषेधाज्ञा एवं कर्फ्यु आदेश मिति २०८२÷०५÷२८ गते बिहान ७ बजे देखि लागू हुने गरी हटाइएको व्यहोरा अनुरोध छ’, विज्ञप्तिका उल्लेख छ । 


निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधिहरू पुनः सञ्चालनमा आएका छन् ।


प्रतिकृया दिनुहोस