• शनिबार-भदौ-२८-२०८२

रामेछापमा आज पनि कर्फ्यु जारी 


रामेछाप । रामेछापमा आज साँझ पनि कर्फ्यु लगाइएको छ । 


प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कफ्र्यु लगाएका छन् । सुरक्षा अवस्थालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । 


जिल्ला सदरमुकाम मन्थली र पुराना सदरमुकाम रामेछाप बजार क्षेत्रमा कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ । मन्थलीमा अधिकांश प्रशासनिक भवन र वित्तीय संस्थाहरू रहेका छन् । 

 

त्यस्तै रामेछाप बजारमा कारागार, सेनाको ब्यारेक, अस्पताल लगायतका सरकारी संरचना र ब्यारेक रहेको छ । रामेछाप कारागारमा बिहीबार भएको झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको तियो भने १२ जना घाइते भएका थिए । 

 

यसको साथै जिल्लाका गाउँपालिका केन्द्रहरूमा यस अघि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ ।

 

प्रतिकृया दिनुहोस