• आइतबार-भदौ-२२-२०८२

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडाको मनोनयन

 

काठमाडौँ, १९ भदौ : सङ्घीय संसद् संसदीय सुनुवाई समितिको रिक्त सभापतिको पदमा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

 

उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला रहनुभएको छ ।

 

सभापति पदको निर्वाचनका लागि प्रकाशित तालिकाअनुसार आज खतिवडाले मनोनय दर्ता गराउनुभएको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । भोलि अपराह्न ५ः१५ बजे बस्ने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थक सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ ।
---

 

प्रतिकृया दिनुहोस