• आइतबार-भदौ-२२-२०८२

ट्याँउट्याउँ खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृ त्यु

 

बागमती, १९ भदौ : माछा मार्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे जितदमारमा आज एक जनाको मृत्यु भएको छ । 

    
विद्युत्को तारबाट हुक गरी ट्याँउट्याउँ खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय २४ वर्षीय विजय थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

    
करेन्ट लागेर सिकिस्त भएका थिङलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रनाउ अर्यालले बताउनुभयो । 
---

 

प्रतिकृया दिनुहोस