गौरवशाली इतिहास बोकेको नेपाली सेना नेपालको सबैभन्दा पुरानो संस्था हो, जसले नेपालको कला, संस्कृति जगेर्ना गरेको छ । नेपाललाई गोर्खाली भनि विश्वमा चिनाउने र नेपाललाई स्वतन्त्र, सार्वभौम राख्ने संस्था नै नेपाली सेना हो । नेपाली सेनाको वीरता र इतिहासबारे सम्पूर्ण संसारलाई जगजाहेर छ । नेपाली सेनाको वीरता तथा प्रशंसामा जति शब्द खर्च गरे पनि अपर्याप्त नै हुन्छ । हालको नेपाली सेना वास्तवमै पहिलाको नेपाली सेनाको तुलनामा धेरै व्यवस्थित, व्यवसायिक, पारदर्शी तथा आधुनिकीकरण भएको छ र यस विषयमा कुनै दुईमत नै छैन ।
नेपाल सरकारबाट नेपाली सेनालाई पर्याप्त मात्रामा बजेट उपलब्ध नगराएता पनि नेपाली सेनालाई आजको व्यवसायिक र आधुनिक स्वरूपमा रुपान्तरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरी अतुलनीय योगदान दिनु हुने भू.पू. चिफ सा’ब तथा जनरलहरूलाई हृदयदेखि नै नमन गर्न चाहन्छौं । उहाँहरूको योगदान अमूल्य रहेको छ ।
माग र आपूर्तिको नियम अनुसार समयमै परिमार्जित नयाँ नीति तथा नियमहरू नआउँदा नेपाली सेनामा कार्यरत मध्यम श्रेणीका अधिकृतहरूमा ठूलो निराशा तथा असन्तोष फैलिएको छ, जसको निराशा नतिजा हाल नेपाली सेनाभित्र स्पष्ट देखिन थालेको छ । विद्यमान नेपाली सेनाको नीति तथा नियमका कारण स्टाफ कलेज नगरेका धेरै मध्यम श्रेणीका अधिकृतहरू समयभन्दा अगावै घर जान अथवा जागिर त्याग्न बाध्य भएका छन् । यस्तो अस्वस्थ परिस्थिति सिर्जना हुनु भनेको नेपाली सेना र नेपाल सरकारको लगानी खेर जानु मात्र नभई देशकै ठूलो घाटा तथा दुर्भाग्य हो । साथै, एक प्रकारले भन्नुपर्दा नेपाली सेनाको नेतृत्व वर्ग र रक्षा मन्त्रालय नै नीतिगत रूपमा असफल भएको हो । सोही कारण हाल नेपाली सेनामा अधिकृतमा भर्ना हुन चाहने युवा जमातको इच्छामा अत्यन्तै कमी आएको कुरा समेत सर्वविदितै छ ।
नेपाली सेनाको मेरुदण्ड भनेकै मध्यम श्रेणीका अधिकृतहरू हुन् । नेपाली सेनाको जुनसुकै संगठन तथा कार्यालयहरू (गुल्म, गण, बाहिनी, पृतना तथा आर्मी हेडक्वार्टर्स) मा डटेर, खटिएर काम गर्ने नै मध्यम श्रेणीका अधिकृतहरू हुन् र यो कुरा नेपाली सेनाले पनि राम्ररी बुझेको छ । नेपाली सेनामा कार्यरत मध्यम श्रेणीका अधिकृतहरूमा देखिएको निराशा तथा असन्तोषका कारण नेपाली सेनाको कार्यदक्षतामा समेत कमी आएको कुरा जगजाहेर छ । मध्यम श्रेणीका अधिकृतहरूमा देखिएको निराशा तथा असन्तोषका कारणहरू निम्न छन् ।
१. निजामती सेवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीका मध्यम श्रेणीका अधिकृतहरूको जागिरको समयअनुसार पदोन्नति तथा वृत्तिविकास हुने तर नेपाली सेनाका कार्यरत मध्यम श्रेणीका अधिकृतहरू लामो समयसम्म एउटै पदमा रहँदा पनि जागिरको समयअनुसार पदोन्नति तथा वृत्तिविकास नहुनु ।
२. संकटकालमा अधिकृतहरूलाई ६÷६ महिनामा भर्ना लिने गरिएको कारण लामो समयसम्म एउटै पदमा कार्यरत रहनुपर्ने अवस्था सिर्जना हुनु ।
३. स्टाफ कलेज गरेका अधिकृतहरूले मात्र सुविधा पाउने गरी नीति बन्नु ।
४. निवृत्तिभरण पाउने बेला वा जागिर अवधि समाप्त हुँदा समेत थप एक पदोन्नति हुने अवस्था नरहनु ।
५. निवृत्तिभरण पाउने बेला वा जागिर अवधि समाप्त हुँदा समेत एक पटक पनि अब्जभर अथवा स्टाफ अधिकृतको रूपमा संयुक्त राष्ट्रसंघीय मिसन (UN Mission) मा सहभागी हुन नपाउने अवस्था रहनु ।
६. तत्कालीन माओवादीबाट नेपाली सेनामा समायोजन भएका अधिकृतहरूले तुलनात्मक रूपमा बढी सुविधा पाउनु, जस्तैः पदोन्नति, शान्ति सेना, अब्जभर अथवा स्टाफ अधिकृतको रूपमा संयुक्त राष्ट्रसंघीय मिसनमा जानु ।
७. धेरै जुनियर महिला अधिकृतहरूले अब्जभर अथवा स्टाफ अधिकृतमा UN Mission पाउँनुका साथै, कतिपयले दोहो¥याएर पनि सो अवसर पाउँदा, मध्यम श्रेणीका सिनियर अधिकृतहरूले एक पटक पनि अवसर नपाउनुको भित्रको रहस्य कसले बुझ्ने ?
८. प्रमुख सेनानी अधिकृतहरूलाई दोहो¥याएर अब्जभर अथवा स्टाफ अधिकृतमा युएन मिशनमा पठाइए पनि मध्यम श्रेणीका अधिकृतहरूले एक पटक पनि अवसर नपाउनु कति अन्याय हो ?
९. नेपाली सेनाका मध्यम श्रेणीका अधिकृतहरू लामो समय एउटै पदमा बस्दा सामाजिक रूपमा अपहेलित भई मानसिक रूपमा कमजोर हुनुको पीडा कसले बु्झ्ने ?
१०. हुद्दा तथा पदिक कमिसनबाट आएका अधिकृतहरू प्रमुख सेनानीमा बढुवा हुनु, तर मध्यम श्रेणीका अधिकृतहरू सेनानीमै रहनु पर्ने अवस्था सिर्जना हुनु ।
११. स्टाफ कलेज नगरेका मध्यम श्रेणीका अधिकृतहरू हुद्दा तथा पदिक कमिसनबाट आएका अधिकृतहरू भन्दा अपहेलित भएर बस्नुको कसले बुझ्ने ?
१२. नेपाली सेनामा अधिकृतको संख्या दरबन्दीभन्दा धेरै कम भए पनि, मध्यम श्रेणीका अधिकृतहरूलाई लामो समय जागिरमा टिकाइ राख्ने कुनै आकर्षक नीति वा नियम नबन्नु ।
१३. देशलाई आवश्यक परेको बेला अथवा संकटकालको समयमा ६/६ महिनाको अन्तरालमा नेपाली सेनामा अधिकृत भर्ना गरि अधिकृतहरुको भविष्यको ख्याल नगरी स्टाफ कलेज प्रवेश परीक्षामा एकै चोटी ४१ बेसिक देखि ४९ बेसिक सम्मलाई परीक्षामा सामेल गर्न लगाउनु (जस्तै परीक्षार्थी संख्या ७००,४५० र ३५० जना तथा कोटा ५०,५० र ७७ जना ) र स्टाफ कलेज प्रवेश परीक्षामा पास भएता पनि मेरिटमा नपरेका अधिकृतहरुले स्टाफ कलेजको मौका नपाउनु तर ५० बेसिक र सो बेसिक पछाडिका अधिकृतहरु स्टाफ कलेज प्रवेश परीक्षामा सामेल हुँदा थोरै बेसिक र थोरै अधिकृत सहभागी हुने अवस्था सिर्जना हुनु धेरै जुनियर अधिकृतहरुले स्टाफ कलेजको मौका पाउनु (जस्तै परीक्षार्थी संख्या १२०–१३० जना तथा कोटा ७७ जना ) जसले गर्दा स्टाफ कलेज प्रवेश परीक्षामा असमानता देखिएको र क्षमता भएका तर स्टाफ कलेज प्रबेश परिक्षामा पास भएर पनि मेरिटमा नपरेका अभागी अधिकृतहरु अझ बढी निराश र विक्षिप्त हुन पुगेको अवस्थामा प्रधान सेनापति अशोक राज सिग्देलको ध्यानाकर्षण होस् भन्ने चाहन्छौं ।
१४. थोरै संख्यामा रहेका स्टाफ कलेज गरेका अधिकृतहरूको काम तथा कार्यको मूल्यांकन भई सम्पूर्ण सेवा सुविधा, पदोन्नति तथा वृत्तिविकासका नीति–नियम केवल स्टाफ कलेज गरेका अधिकृतहरूको लागि मात्र लागू हुनु (जस्तैः गुल्मपति, गणपति, समन्वय अधिकृत, तालिम केन्द्रको प्रमुख, विदेश तालिम तथा सेमिनार, दोहो¥याएर अब्जभर अथवा स्टाफ अधिकृतमा युएन मिशन तर धेरै संख्यामा रहेका स्टाफ कलेज नगरेका मध्यम श्रेणीका अधिकृतहरूको काम तथा कार्यको मूल्यांकन नहुनु साथै सेवा सुविधा (अब्जभर अथवा स्टाफ अधिकृतमा युएन मिशन नपाउनु), पदोन्नति तथा वृत्तिविकासका नीति–नियम नाम मात्रको हुनु र पर्याप्त मात्रामा नहुनुको अन्याय कहिलेसम्म ?
१५. जुनियर प्राविधिक अधिकृतहरू बिना स्टाफ कलेज छोटो समयमा पदोन्नति भई जेष्टता कायम हुनुका साथै विदेश तालिम, सेमिनार, अब्जभर अथवा स्टाफ अधिकृतमा युएन मिशन पठाउनु तर मध्यम श्रेणीका इन्फेन्ट्री अधिकृतहरूले जागिरमा जेष्ठता भए तापनि एक पटक पनि अवसर नपाउनुको अन्याय र न्यायका लागि कहाँ गुहार गर्ने सरकार ?
१६. देशको लागी आफ्नो ज्यानको प्रवाह नगरी संकटकालमा लडाई लडेका मध्यम श्रेणीका इन्फेन्ट्री अधिकृतहरुको योगदानको मूल्यांकन तत्कालीन माओवादीबाट नेपाली सेनामा समायोजन भएका अधिकृतहरूको भन्दा धेरै कम हुनु र युनिट तथा देशको लागी उत्कृष्ट कार्य गरेका तर स्टाफ कलेज नगरेका अधिकृतहरुको सेवा सुबिधा, पदोन्नति तथा वृतीबिकासमा नाम मात्रको नीति नियम हुनु ।
माथि उल्लेखित कारणहरुबाट हाल नेपाली सेनामा कार्यरत मध्यम श्रेणीका अधिकृतहरुमा निराशा छाएको र मोरलमा असर परेको कुरामा कुनै दुई मत छैन र अब चाडै नै यो समस्याको समाधान नखोजिएमा मध्यम श्रेणीका अधिकृतहरु वैकल्पिक अवसरको खोजीमा समय अगाबै जागिर छोडी विदेशिने गरेको कुरा समेत चिफ सा’बलगायत सबै जर्सा’बलाई सर्बबिदितै छ । साथै, नेपाली सेनाभित्र यो क्रम दिन प्रतिदिन बढिरहेको कुरा समेत जगजाहेर नै छ ।
मध्यम श्रेणीका अधिकृतहरूलाई सम्बोधन गर्ने गरी नयाँ नीति तथा नियम आए पनि, केही बेसिकका मध्यम श्रेणीका अधिकृतहरूलाई नयाँ नीति तथा नियमले सम्बोधन नहुन पनि सक्छन् । तर पनि, नयाँ नीति तथा नियमले नेपाली सेनामा हुन सक्ने ठूलो दुर्घटना तथा क्षतिलाई कम गर्दै, बाँकी रहेका मध्यम श्रेणीका अधिकृतहरूले नेपाली सेनामा उच्च मनोबल सहित काम गर्न सक्ने वातावरण तयार गर्न अत्यन्त आवश्यक देखिएको हामीले महसुस गरेका छौं ।
जागिर खाने समय बाँकी रहेका, पदोन्नति नभएका, अब्जभर अथवा स्टाफ अधिकृतमा युएन मिशन नपाएका तर पेन्सन पाकेर जागिरबाट राजीनामा दिने मनस्थिति बनाएका मध्यम श्रेणीका अधिकृतहरूलाई थप केही आकर्षक सेवा सुविधा सहित नेपाली सेनाबाट खुशीसाथ विदाइ गर्न सके ती मध्यम श्रेणीका अधिकृतहरूलाई न्याय हुनुका साथै नेपाली सेनाको गरिमासमेत बढ्ने थियो, चिफ सा’ब ।
जागिर खाने बाँकी धेरै समय हुँदाहुँदै पनि हालको नीति नियमको कारण जागिर छोडेर वैकल्पिक अवसरको खोजीमा विदेश जान बाध्य मध्यम श्रेणीका अधिकृतहरूलाई नेपाली सेनामा लामो समयसम्म जागिरमा टिकाउन सके ठूलो उपलब्धि हुने थियो र देश तथा नेपाली सेनाले अधिकृत माथि गरेको अथाह लगानीले उचित मूल्य पाउने थियो । यसका लागि निम्न उपायहरू हुन सक्छन् ।
१. जागिर खाने समय बाँकीं रहेका, पदोन्नति नभएका, अब्जभर अथवा स्टाफ अधिकृतमा युएन मिशन नपाएका तर पेन्सन पाकेर जागिरबाट राजीनामा जाने मनस्थिति बनाएका राम्रो आचरण भएका मध्यम श्रेणीका अधिकृतहरुलाई एक तह पदोन्नति दिई खुसीका साथ घर पठाउने ।
२. ठुलो लटको स्टाफ कलेज प्रवेश परीक्षामा समाबेश भएका (४१ बेसिक देखि ४९ बेसिक सम्म) तर स्टाफ कलेज प्रवेश परीक्षामा पास भएता पनि मेरिटमा नपरेका मध्यम श्रेणीका अधिकृतहरुलाई बेग्लै तालिम गराई विशेष सेवा सुविधाको व्यवस्था गर्नु तर स्टाफ कलेज गरेका अधिकृतहरूको प्राथमिकता र करियरमा असर नपर्ने गरी । जस्तै निश्चित दर्जा सम्म पदोन्नति र कमाण्ड दिने ।
३. अब्जभर अथवा स्टाफ अधिकृतमा युएन मिशनको छनोट गर्दा जेष्ठताको आधारबाट छनौट गर्ने र दोश्रो पटकको लागी छनोट गर्दा स्टाफ कलेज गरेका अधिकृतहरूको जेष्टताबाट छनौट गर्ने ।
४. स्टाफ कलेज नगरेका मध्यम श्रेणीका राम्रो आचरण भएका अधिकृतहरूलाई निवृत्तिभरण भई घर जाने बेलामा एक तह पदोन्नतिको व्यवस्था गरि घर पठाउने ।
५.स्टाफ कलेज नगरेका मध्यम श्रेणीका अधिकृतहरुलाई सरुवा गर्दा जुनियर गणपति भएको पल्टनमा सकेसम्म सरुवा नगरी बहिनी, पृतना र आर्मी हेड क्वाटरमा सरुवा गर्नु ।
६.प्राबिधिकहरुलाई नेपाली सेनाको इन्फेन्ट्रीको पदोन्नति दिनुको बिकल्प प्राबिधिकहरुमा प्रचलित आफ्नो दक्षता र पेशा अनुसारको सिनियरिटि कायम हुने गरि पदोन्नति दिनु उपयुक्त रहेको ।
जस्तै डाक्टरहरुको हकमा मेडिकल अफिसर, असिस्टेन्ट लेक्चरर, लेक्चरर, असिस्टेन्ट प्रोफ्रेसर, प्रोफ्रेसर, सर्जन, सिनियर सर्जन आदि ।
७. प्राबिधिकहरुको कामको प्रकृति, जिम्मेवारी र कार्यशैली भिन्न प्रकारको हुने भएता पनि प्राबिधिकहरुलाई पदोन्नति तथा सेवा सुबिधा दिदा इन्फेन्ट्रीको जागिर र तालिमसँग तुलना गरि सिनियरिटी कायम गरि पदोन्नति र सेवा सुविधा दिने व्यवस्था गर्न सके प्रधान सेनापति अशोक राज सिग्देल र नेपाली सेनाको जय हुने थियो । –मध्यम श्रेणीका पीडित अधिकृतहरु नेपाली सेना (साँघु साप्ताहिक, २०८२ भदौ १६)
प्रतिकृया दिनुहोस