• बुधबार-भदौ-१८-२०८२

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


काठमाडौँ, १६ भदौ : गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 

आज यहाँ सार्वजनिक गरिएको ‘कोशेली केरा चाहिन्छ’ नामक गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा राजेश नेपाल बबिनको शब्द रहेको छ भने विश्वास नेपालले सङ्गीत दिनुभएको छ । भिडियोको निर्देशन निर्देशक प्रकाश भट्टले गर्नुभएको छ ।

 

गीतमा गायिका रिया खत्रीसँगै मोडल लोमस शर्माले अभिनय गर्नुभएको छ । 

 

गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभएको छ ।  उहाँले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएको छ । 
---

 

प्रतिकृया दिनुहोस