काठमाडौं । यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ ।
सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (ब्ःऋ) मा प्रदर्शनमा आउन लागेको छ । योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए ।
यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पु¥याएको दाबी सेनले गरे। एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ’बलिदान’ प्रदर्शन हुनेछ ।
’बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाएको छ । यस चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ । आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ’बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ ।
प्रतिकृया दिनुहोस