काठमाडौं – पशुपति आर्यघाटमा शवको मासु बिक्री भएको भन्ने झूटो अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन्। पूर्वसचिव तथा सामाजिक सञ्जालमा सक्रिय भीम उपाध्यायका अनुसार हिन्दू धर्म र संस्कृतिमाथि आक्रमण गर्ने नियतका साथ केही दिनअघि फैलाइएको उक्त हल्लासम्बन्धी जाहेरी दर्ता भएपछि प्रहरीले उनीलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिले झूटो समाचार फैलाएको गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ। यस विषयमा आज २०८२ साउन २९ गते विहीवबर बिहान १० बजे पशुपति आर्यघाट परिसरमा पत्रकार सम्मेलन भइरहेछ।
पशुपति आर्यघाटमा कार्यरत कर्मचारी र कामदारहरूले बिना प्रमाण र आधार पशुपतिनाथ मन्दिर, आर्यघाट र हिन्दू धर्ममाथि प्रश्न उठ्ने गरी गरिएको गलत प्रचारमा संलग्न पत्रकार ऋषि धमलालगायतले घटनास्थलमै आएर सार्वजनिक माफी माग्नुपर्ने र कानुनअनुसार सजाय दिनुपर्ने माग गरेका छन्। उनीहरूले माग पूरा नभए आर्यघाटमा शव दाह संस्कार कार्य रोकिनेसम्मको चेतावनी समेत दिएका छन्।
प्रतिकृया दिनुहोस