काठमाडौं, १६ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ५५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय १६ रुपैयाँ रहेको छ ।
प्रतिकृया दिनुहोस