• शनिबार-श्रावण-१७-२०८२

आजको मौसम : तराई मधेशका भू-भागमा भारी बर्षा हुने सम्भावना

 

काठमाडौं, १६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। 

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ ।

 

दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ । बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

राति भने देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ । 

 

 

प्रतिकृया दिनुहोस