• शनिबार-श्रावण-१०-२०८२

स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा (फोटो फिचर)

 

धैरेनी डाँडा नामले समेत परिचित हेवन डाँडा काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत इन्द्रस्थान क्षेत्रमा अवस्थित एक शान्त, हरियाली र सुरम्य पहाड हो। कलंकीबाट झन्डै १०–१२ किलोमिटर दूरीमा रहेको यो स्थलबाट काठमाडौं उपत्यकासहित आसपासका मनोरम दृश्यहरू सजिलै अवलोकन गर्न सकिन्छ ।

 

शहरको कोलाहल र भिडभाडबाट टाढा रहेकाले यो स्थान शान्त वातावरण, स्वच्छ हावा र प्रकृतिको आनन्द लिन चाहनेहरूका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । विशेषगरी यहाँबाट देखिने अद्भुत सूर्यास्तले हेवन डाँडालाई अझ आकर्षक बनाएको छ । 

 

पछिल्ला वर्षहरूमा हेवन डाँडा आन्तरिक तथा बाह्य पर्यटकहरूको लोकप्रिय रोजाइमा पर्न थालेको छ ।

 

फोटो फिचर ः

तस्बिर : टार्जन लिम्बु/ नेपाल न्यूज बैंक
 

प्रतिकृया दिनुहोस