• बुधबार-श्रावण-७-२०८२

नेपाल–इजरायल इनोभेसन सहकार्यमा नयाँ अध्याय


काठमाडौं, साउन ७, २०८२ । इजरायलको परराष्ट्र मन्त्रालयद्वारा आयोजित "Unistream Social Innovation Delegation 2025" कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका नवप्रवर्तनकर्मीहरूको सहभागिता भइरहेको छ। जुलाई १९ देखि २४ सम्म इजरायलमा चलिरहेको यो सप्ताहव्यापी कार्यक्रम सामाजिक नवप्रवर्तन र उद्यमशीलता क्षेत्रमा क्रियाशील युवाहरूमाझ अन्तर्राष्ट्रिय सहयोग र ज्ञान सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो।

नेपालबाट यो प्रतिनिधिमण्डलमा सहभागी हुनुभएको छ-उमेश जंग राई, जो राष्ट्रिय नवप्रवर्तन केन्द्र (NIC), कीर्तिपुरका बायोमेडिकल इन्जिनियरिङ अनुसन्धान तथा नवप्रवर्तन टोलीका नेतृत्वकर्ता हुन्।

इजरायली सहयोग र नेपाली नवप्रवर्तनको सहकार्य


सन् २०२२ मा इजरायली दूतावासले नेपालमा राष्ट्रिय नवप्रवर्तन केन्द्रसँग सहकार्य गर्दै अनुसन्धान तथा विकास केन्द्र (R&D Hub) तथा एक पूर्णत: इजरायली शैलीको उच्च प्रविधियुक्त कक्षा स्थापना गरेको थियो। उक्त पहलले नेपालमा डिजिटल शिक्षा, प्रविधि प्रयोग र नवप्रवर्तन संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

कार्यक्रमको गतिविधिहरू

प्रतिनिधिमण्डलले इजरायलका विविध सामाजिक प्रविधि तथा नवप्रवर्तन संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेका छन्। भ्रमण कार्यक्रम अन्तर्गत प्रमुख स्थलहरूमा निम्न समावेश छन्:

Save A Child’s Heart (बाल मुटुरोग उपचार केन्द्र)

Peres Center for Peace and Innovation

Unit 8200 Accelerator

Sderot Medical Center

Technion University

Hilma, Shalva National Center, DruzeTech र PICO Kids

Kibbutz Kfar Aza – जहाँ प्रतिनिधिमण्डलले हमासको अक्टोबर ७ को आक्रमणका एक जीवित साक्षीसँग भेट गर्नेछन्।

Unistream Competition at Expo Tel Aviv मा सहभागिता।

साथै, सहभागीहरूले जेरुसेलमको ऐतिहासिक पुरानो शहर र जाफा (भूमध्य सागर किनारको सांस्कृतिक शहर) को अवलोकन गरी इजरायलको सांस्कृतिक पक्षसँग पनि नजिकिने अवसर पाएका छन्।
 

प्रतिकृया दिनुहोस