• सोमबार-श्रावण-५-२०८२

साफ यु–२० महिला फुटबल च्याम्पियनसिपः नेपालद्वारा भुटान पराजित

काठमाडौँ, ३ साउनः बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको छ । 

    बङ्गलादेशको ढाकास्थित किङ्स एरेनामा भुटानविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्यो । नेपालका लागि मिना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए । यस्तै समिक्षा मगर र कुसुम खतिवडाले एक÷एक गोल गरे । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो । 

    नेपालले खेल सुरु भएको ४४ सकेन्डमै पहिलो गोल गरेको थियो । उक्त गोल मिना देउवाले गरेकी थिइन् । यस्तै खेलको नवौँ मिनेटमा समिक्षा मगरले दोस्रो गोल गरिन् ।

 

खेलको १२औँ मिनेटमा नेपालकी सुक्रिया मियाले चौथो गोल, खेलको २३औँ मिनेटमा पूर्णिमा राईले नेपालका लागि पाँचौँ गोल तथा इन्जुरी समयमा पूर्णीमाले नै छैटौँ गोल गरिन् । यसैगरी खेलको दोस्रो हाफको ६३औँ मिनेटमा कुसुम खतिवडाले सातौँ गोल तथा खेलको ६४औँ मिनेटमा मिना देउवाले गोल गरिन् । 

 

    प्रतियोगितमा नेपालसहित आयोजक बङ्गलादेश, भुटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले फेरी सोमबार बङ्गलादेशसँग खेल्ने छ । 
 

प्रतिकृया दिनुहोस