काठमाडाैं, असार २४ । अविरल वर्षापछि आएको बाढीका कारण रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
दुर्गम पहाडी भूभाग र बिग्रँदै गएको मौसमका बीचमा नेपाली सेनाको सक्रियताले ती सबै कामदारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
नेपाली सेनाले जारी राखेको उद्धार कार्य अन्तर्गत प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन गर्दै जोखिममा परेका नागरिकहरूको जीवन रक्षामा खटिएको छ।
निरन्तर उद्धारमा सेना
रसुवा क्षेत्रको जलविद्युत आयोजना आसपासका भागमा अझै जोखिम कायमै रहेकाले सेना उद्धार र राहत कार्यमा निरन्तर खटिएको छ। सेनाका अतिरिक्त सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीय प्रशासन पनि समन्वयमा जुटिरहेका छन्।
प्रतिकृया दिनुहोस