काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले काठमाडौंको न्यूरोड क्षेत्रमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।
सोमबार महासंघहरूले सरकारको हालैको नीतिका विरुद्धमा आवाज उठाउँदै व्यापार अनुकूल वातावरण बनाउन माग गरेका हुन् ।
उनीहरूले सुनचाँदी तथा रत्न व्यवसायमा सरकारी हस्तक्षेप, कर प्रणालीको अपारदर्शिता, र अस्थिर बजार नीतिको विरोध गरेका छन् ।
विरोध कार्यक्रममा सहभागी व्यवसायीहरूले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै आफ्नो असन्तोष व्यक्त गरेका थिए । उनीहरूले २५ ग्राम, ५० ग्राम, १०० ग्राम
र २०० ग्रामका सुनका बार व्यवसायीहरूको माग अनुसार सहजै उपलब्ध गराउने व्यवस्था गर । व्यवसायमैत्री ऐन नियम तथा नीति निर्देशिका निर्माण गर, हामी व्यवसायी र कालिगढहरूलाई विस्थापित गर्न पाईँदैन जस्ता प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
प्रतिकृया दिनुहोस