• सोमबार-असार-२३-२०८२

टेक्सासको विनाशकारी बाढी : ८२ को मृत्यु, ४१ जना बेपत्ता


काठमाडौं । अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन् । 


टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ । केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ । ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।


स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो । केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्जन व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन् । मृतकमा ४० वयस्क र २८ बालबालिका छन् । मृतकमध्ये १८ वयस्क र १० बालबालिकाको पहिचान हुन बाँकी छ । १६० भन्दा बढीको हवाई उद्धार गरिएको छ । आठ सय ५० जना घाइते नभएका र ८ जना घाइतेलाई उद्धार गरिएको छ ।
 

 

प्रतिकृया दिनुहोस