• सोमबार-असार-२३-२०८२

सेतोढोकास्थित घरबाट जुवा खेलिरहेको अवस्थामा ९ जना प क्रा उ 


काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले सेतोढोकास्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। प्राप्त विशेष सूचनाका आधारमा प्रहरीको टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा प्रयोग गरिएको रु. ७१,२६५ नगद समेत बरामद गरेको छ। जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम कारबाही अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसरद्वारा सञ्चालित Operation 9.8.10 अभियानअन्तर्गत यस्तो कारबाही गरिएको हो, जसको उद्देश्य काठमाडौं उपत्यकामा बढ्दो रूपमा देखिएको गैरकानुनी जुवा तथा सट्टेबाजी गतिविधिलाई नियन्त्रण गर्नु हो।

प्रहरीले यस्ता गतिविधिबाट सामाजिक विकृति र अपराध बढ्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई जुवा तथा सट्टेबाजीबाट टाढा रहन तथा शंकास्पद गतिविधिका बारेमा प्रहरीलाई समयमै जानकारी दिन अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस