• आइतबार-असार-२२-२०८२

एसिसी मेन्स यू–१६ इस्ट जोन कप : टस हारेर बलिङ गर्दै नेपाल 


काठमाडौं । एसिसी मेन्स यू–१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ ।

 

आजको खेलमा सिंगापुरले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो । 

 

उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।

 

गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो । यसपाली पनि उपाधि हासिल गर्नको लागि नेपाली टोली लागेका छन् ।

 

 

प्रतिकृया दिनुहोस