काठमाडौँ, असार २० – हालै उपरथीमा पदोन्नति प्राप्त गर्नुभएका रविन्द्र खत्रीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। एक औपचारिक कार्यक्रमका बीच २०८२ आषाढ २० गते, जङ्गी अड्डामा आयोजित समारोहमा चिन्ह प्रदान गरिएको हो।
उपरथी खत्री २०८२ आषाढ १३ गतेको मितिबाट सहायक रथीबाट पदोन्नति भई उपरथी बन्नुभएको हो। पदोन्नतिसँगै उहाँलाई उपत्यका पृतना हेडक्वार्टरको पृतनापति पदमा नियुक्त गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
समारोहमा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अन्य वरिष्ठ अधिकृतहरू तथा पदोन्नति भएका रथी खत्रीका परिवारजनको पनि उपस्थिति थियो।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रम नेपाली सेनाको परम्परा र अनुशासनअनुकूल औपचारिक रूपमा सम्पन्न गरिएको हो।
प्रतिकृया दिनुहोस