• शुक्रबार-असार-२०-२०८२

१८ लाखभन्दा बढीको अवैध लत्ताकपडा र जुत्ताचप्पल वीरगंजबाट बरामद

 

पर्सा । असार १९  वीरगंजमा भण्डारण गरिएका अवैध लत्ताकपडा र जुत्ताचप्पल सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ।

 

वीरगंज महानगरपालिका–१ स्थित एक स्थानमा अवैध रूपमा भण्डारण गरी राखिएको करीब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता–चप्पल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

 

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १२ गण वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले नियमित गस्ती तथा सूचनाका आधारमा छापा मार्दा ती सामान बरामद गरिएको हो।

 

बरामद गरिएको सामग्रीमा भारतबाट तस्करी गरी ल्याइएका विभिन्न ब्राण्डका लुगा, जुत्ता, चप्पललगायतका वस्तुहरू रहेका छन्।

 

सम्बन्धित व्यक्ति वा व्यवसायीको नाम भने अनुसन्धानको चरणमा रहेको जनाइएको छ। बरामद सामग्रीहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

 

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा तस्करी नियन्त्रणलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

प्रतिकृया दिनुहोस