भूमिका : चीनका राष्ट्रपति सि जिनपिङ २०२५ मे २१ यता कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिनु केवल एक व्यक्तिगत अनुपस्थिति हो कि रणनीतिक मौनता? के यो स्वास्थ्य समस्या हो, राजनीतिक पुनर्संरचना हो कि ‘सत्ताको पुनर्वितरण’ त ? विगत एक दशकदेखि चीनमा ‘सि युग’ जति प्रभावशाली र एकछत्र भएको थियो, अहिले त्यही युगको सत्ताको केन्द्रमै चर्को हलचल देखिन थालेको छ। यो लेखमा हामी सिको अनुपस्थिति, शक्ति–संरचनामा देखिएका चुपचाप संकेतहरू, अन्तर्राष्ट्रिय प्रतिक्रिया, र सम्भावित नेतृत्व परिवर्तनको गम्भीर समीक्षा गर्छौं।
एक दशक बढी एकछत्रता
सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेपछि सि जिनपिङले पार्टी, सरकार र सेनाको कमान्ड सम्हाल्दै "strongman politics" को युग सुरू गरे। सन् २०१८ मा संविधान संशोधन गरेर राष्ट्रपतिको कार्यकाल सिमाबद्ध गर्ने व्यवस्था हटाउँदै उनले अनिश्चितकालसम्म सत्तामा बस्न सक्ने अधिकार सुरक्षित गरे।
सिको शासन शैली एक व्यक्तिमा केन्द्रित थियो। तर अहिले त्यही शैली उनको आफ्नै लागि बोझ बन्दै गएको छ। शक्तिको अत्यधिक केन्द्रीकरण, विश्वासपात्रहरूको पतन, र आन्तरिक असन्तोषसँगै सेना र प्रशासनमा उनको नियन्त्रण कमजोर बनिरहेको संकेत अन्तर्राष्ट्रिय विश्लेषकहरू बताउछन् । यस्तो स्थितिमा "soft coup" वा "strategic retirement" को तयारी हुन थालेको आँकलन अन्तर्राष्ट्रिय विश्लेषकहरू गर्दैछन्।
यसबिच पार्टीभित्रको एउटा धार भने चाहन्छ - सिको युगलाई "सजिलो अवसान" दिइयोस्, ताकि प्रणालीगत अस्थिरता नहोस्।
“चाइना ड्रीम”, “बेल्ट एण्ड रोड इनिसिएटिभ”, “आन्तरिक भ्रष्टाचार विरुद्धको युद्ध” जस्ता एजेन्डा मार्फत उनी पार्टी, जनता र सेनामा एकछत्र नेतृत्वको छविमा स्थापित भए। तर यही केन्द्रीकरण अहिले राजनीतिक जोखिमको केन्द्र बन्दै गएको छ।
मौनता र रहस्य: सि को सार्वजनिक अनुपस्थिति
२०२५ मे २१ पछि हालसम्म राष्ट्रपति सि कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएनन् । न त सरकारी समाचार संस्था सिन्ह्वाले उनको तस्बिर प्रसारण गर्यो, न त दैनिक गतिविधिको विवरण सार्वजनिक गर्यो। ब्रिक्स शिखर सम्मेलन (जुलाई ५–८, ब्राजिल) मा चीनले प्रधानमन्त्री ली चियाङलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय पनि असामान्य कदम मानिएको छ। अन्तर्राष्ट्रिय विश्लेषकहरूले यसलाई "strategic invisibility" भनेका छन्।
राष्ट्रपति सि यति लामो समय मौन बस्नु सामान्य प्रशासनिक कार्यशैली होइन। चीनजस्तो एकदलीय कठोर सत्तामा यस्तो मौनता प्रायः सत्ता सन्तुलनमा परिवर्तनको पूर्वसंकेत मानिन्छ।
शक्ति संरचनाभित्रको हलचल १. सेना र सुरक्षा प्रणालीमा सफाया
जनमुक्ति सेनाका शीर्ष अधिकारीहरू (रकेट फोर्स प्रमुख, रक्षा मन्त्री, वायुसेना प्रमुख) एकपछि अर्को गरी हटाइए वा छानबिनमा परे। सँगै, सिको आफ्नै सुरक्षा सल्लाहकार समूह भित्र पनि गम्भीर फेरबदल गरिएको छ।
२. पार्टीभित्र गुटीय असन्तुलन
पोलिटब्युरो स्थायी समितिभित्र प्रधानमन्त्री ली चियाङको प्रभाव बढ्दै गएको छ। उनी झाङजियाङ र साङहाइका आर्थिक सुधारको अनुभव बोकेका, व्यावसायिक सोच राख्ने टेक्नोक्र्याट नेता हुन्।
पुराना गुटहरू- हु चिन्ताओ, वेन चियाबाओको समूह- पुनः चर्चा र स्मरणमा आएका छन्, जसलाई सि युगमा राज्य सञ्चारले सधैँ छायामा राखेको थियो ।
संकेत: सि युगको अवसान ?
सिको शासन शैली एक व्यक्तिमा केन्द्रित थियो। तर अहिले त्यही शैली उनको आफ्नै लागि बोझ बन्दै गएको छ। शक्तिको अत्यधिक केन्द्रीकरण, विश्वासपात्रहरूको पतन, र आन्तरिक असन्तोषसँगै सेना र प्रशासनमा उनको नियन्त्रण कमजोर बनिरहेको संकेत अन्तर्राष्ट्रिय विश्लेषकहरू बताउछन् । यस्तो स्थितिमा "soft coup" वा "strategic retirement" को तयारी हुन थालेको आँकलन अन्तर्राष्ट्रिय विश्लेषकहरू गर्दैछन्।
यसबिच पार्टीभित्रको एउटा धार भने चाहन्छ - सिको युगलाई "सजिलो अवसान" दिइयोस्, ताकि प्रणालीगत अस्थिरता नहोस्।
संभावित उत्तराधिकारी को ? नाम भूमिका विशेषता
१) ली चियाङ प्रधानमन्त्री व्यावसायिक नेता, टेक्नोक्र्याट, आन्तरिक सुधार समर्थक
२) वाङ हुङिङ नीति र विचारधाराका अगुवा बौद्धिक पृष्ठभूमि, सत्ता सन्तुलनकर्ताको भूमिका
३) चाओ लेजी राष्ट्रिय जनकंग्रेस प्रमुख शान्त नेता, सन्तुलित शैलीका अनुयायी
४) हु चुनह्वा पूर्व उप–प्रधानमन्त्री युवा छवि, पुराना गुटसँग निकट
यीमध्ये ली चियाङ सबैभन्दा अगाडि देखिन्छन्, किनभने उनी ब्रिक्स जस्ता सम्मेलनमा चीनको प्रतिनिधित्व गर्दैछन्।
चीनको गन्तव्य: के परिवर्तन सम्भव ?
यदि सिको सत्ता पूर्णतः समाप्त भयो वा सीमित बनाइयो भने चीन फेरि सामूहिक नेतृत्व प्रणाली (collective leadership) मा फर्कन सक्छ — जहाँ पार्टी, सेना र प्रशासन सन्तुलित रूपमा सञ्चालित हुन्छ। यसले सत्ताको स्थायित्व फर्काउन सक्छ, तर चीनले पछिल्ला वर्षहरूमा पाएको “एकमुखी नीति कार्यान्वयन” मा अवरोध आउन सक्छ।
अर्को सम्भावना के हो भने-पार्टी सि लाई "गौरवका साथ बिदाइ" दिने र नयाँ नेतृत्व स्थापनालाई संक्रमणकालीन रूपमै लिनेछ, ताकि अन्तर्राष्ट्रिय छवि बिग्रिन नदिई सत्तान्तरण सम्पन्न गरियोस्।
निष्कर्ष: सि युग अन्त्यतिर ?
वर्तमान संकेतहरू हेर्दा, सि जिनपिङको एकछत्र सत्ताको युग अवसानको दिशामा उन्मुख भएको देखिन्छ। यो शान्त, रणनीतिक, र संयमित अवसान हुन सक्छ- तर त्यो पूर्णतः सुनिश्चित भने छैन। यथास्थितिमा सि अझै सत्ता सम्हालिरहेका छन्, तर उनका वरिपरिको शक्ति संरचना परिवर्तन भइसकेको छ। यदि आगामी ३–६ महिनामा उनी पुनः सक्रिय रूपमा नेतृत्वमा देखिएनन् भने हामी चीनको राजनीति एक ऐतिहासिक मोडमा प्रवेश गर्दैछ भन्ने ठोस निष्कर्षमा पुग्न सक्छौं ।
सि युग अन्त्यतिर ? भन्ने प्रश्नको उत्तर अहिले निश्चयका साथ ‘हो’ भन्न मिल्दैन। तर सन् २०२५ को मध्यतिरको चीनमा उठेका संकेतहरूले भने यस्तो सम्भावनालाई पहिलेभन्दा धेरै यथार्थपूर्ण बनाएका छन्।
प्रतिकृया दिनुहोस