• बुधबार-असार-१८-२०८२

जिपको ठक्करबाट मोटरसाइकलमा सवार चालकको मृ त्यु

 

कञ्चनपुर, १८ असार : वेदकोट नगरपालिका–३ दैजी बजारमा जिपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको जिपले मोटरसाइकलमा सवार चन्दलाई  मङ्गलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते हुनुभएका उहाँको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्नुहुन्थ्यो । 
–––

 

प्रतिकृया दिनुहोस