काठमाडौं, असार १६ । लोकप्रिय गायिका एलिना चौहानले सामाजिक सञ्जालमा गालीगलौज, अभद्र कमेन्ट र अनलाइन दुव्र्यवहारका विरुद्ध कडा कानुनी कदम चाल्ने भएकी छन्।
नेपाल प्रेससँगको कुराकानीमा उनले भनिन्, “चारजना विरुद्ध जाहेरी दिन लागेकी छु। अभद्र कमेन्ट गर्ने बाँकीलाई पनि क्रमैसँग जाहेरी दिन्छु।”
उनका अनुसार उनी अहिले १० दिनको ब्रेकमा छिन् र सोही समयलाई सामाजिक सञ्जालमा बढ्दो साइबर हिंसा विरुद्धको अभियानमा खर्चिन लागेकी हुन्।
गायिका एलिनाले पहिले माफी मागेकाहरूलाई माफी दिइसकेकी छन्, तर भनेकी छन् — “माफी माग्नेलाई माफी दिएकी छु, पोष्ट पनि डिलिट गराएकी छु। अब सुध्रिन नचाहनेलाई कानुनले सुधार्छ।”
मुख्य बुँदाहरू:
एलिनाले साइबर ब्युरोमा औपचारिक उजुरीको तयारी गर्दै
पहिलो चरणमा ४ जनाविरुद्ध जाहेरी, अरू पनि सूचीमा
१० दिनको विश्रामलाई कानुनी र सामाजिक सचेतनामा प्रयोग गर्ने निर्णय
प्रतिकृया दिनुहोस