काठमाडौं । निर्जीवन बीमा व्यवसायीहरुले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ महिना सम्म ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् ।
गत आवको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका थिए । नेपाल बिमा प्राधिकरणले निकालेको तथ्यांक अनुसार कुल १४ ओटा निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ । आम्दानी धेरै गर्ने कम्पनी मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड दोस्रो स्थानमा रहेको छ । यस कम्पनीले जेठ महिना सम्म ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
सबैभन्दा कम आम्दानी गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले ९७ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । यस वर्ष लघु बीमा कम्पनीहरुको व्यवसायमा पनि उल्लेख्य सुधार आएको छ तथ्यांकले देखाएको छ । लघु बीमा कम्पनीहरुले मात्रै ८४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेका छन् । गएको वर्षको यहि अवधिको आम्दानी २३ करोड ९१ लाख रुपैयाँ थियो ।
प्रतिकृया दिनुहोस