• आइतबार-असार-१५-२०८२

एसीसी यू–१६ : टस हारेर नेपालले इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै 


काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । 

 

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

 

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस