• बिहीबार-असार-१२-२०८२

गर्मीमा पुदिना पानी पिउनु फाइदाजनक

 

गर्मीमा मानिसहरूले शरीरलाई शीतल पार्न र डिहाइड्रेसनबाट बचाउन धेरै घरेलु उपचारहरू अपनाउँछन्, तर ती मध्ये सबैभन्दा प्रभावकारी र परम्परागत विधि भनेको पुदिनाको पानी पिउनु हो । यो स्वादमा ताजा मात्र होइन, यसमा पाइने मेन्थोल, एन्टिअक्सिडेन्ट र पाचन यौगिकहरूले शरीरलाई धेरै तरिकाले फाइदा पु¥याउँछ ।


गर्मीमा पुदिनाको पानी पिउनाले शरीरलाई शीतलता प्रदान गर्छ, डिहाइड्रेशन हुनबाट रोक्छ र पाचन प्रक्रियामा सुधार ल्याउन मद्दत गर्दछ । यसले गर्मीका कारण हुने टाउको दुख्ने, बान्ता हुने, पेट जलन हुने जस्ता समस्याबाट राहत दिन्छ । यो एक प्रकारको प्राकृतिक डिटोक्स पेय पनि हो । 


पाचनमा सुधार : पुदिनामा पाइने प्राकृतिक इन्जाइमले पाचन प्रक्रियालाई तीव्र बनाउँछ । यो पानीले पेटमा ग्यास, अपच, पेट फुल्ने र पेट भारी हुने समस्या कम गर्न मद्दत गर्छ । गर्मीमा खराब खानपानका कारण पेटको समस्या सामान्य हुन्छ, यस्तो अवस्थामा हरेक बिहान पुदिना पानी पिउनाले पाचन प्रणालीमा सुधार हुन्छ ।


गर्मीबाट बचाउँछ : गर्मी मौसममा गर्मी स्ट्रोक एक गम्भीर स्वास्थ्य समस्या हो । पुदिनाको पानीमा पाइने शीतलक तत्वले शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ । दिनमा १ वा २ पटक यसलाई पिउनाले शरीर भित्रबाट शीतल रहन्छ र गर्मी स्ट्रोकको सम्भावना कम हुन्छ ।


छालालाई चम्किलो बनाउँछ : पुदिनामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालालाई भित्रबाट डिटोक्सिफाइ गर्न मद्दत गर्छ । यसको पानी पिउनाले पसिनाबाट हुने दाग र जलनबाट राहत मिल्छ । यसले छालाको रंगलाई पनि सुधार गर्छ र यसको ताजापन कायम राख्छ ।


प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ : पुदिनामा भिटामिन सी, आइरन र म्याग्नेसियम जस्ता पोषक तत्व पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । नियमित रूपमा पुदिना पानी पिउनाले भाइरल संक्रमणसँग लड्ने क्षमता बढ्छ र शरीरलाई मौसमी रोगहरूबाट बचाउँछ ।


शरीरमा पानी पूर्ति गर्छ : गर्मीमा पसिना आउने भएकाले शरीरमा पानीको मात्रा तीव्र गतिमा घट्छ । सादा पानी मात्र पिएर पुग्दैन, बरु त्यस्तो पानी पिउनु पर्छ जसमा खनिजहरू हुन्छन् र जसले शरीरबाट गर्मी हटाउन सक्छ । पुदिना पानीले दिनभरि शरीरलाई हाइड्रेटेड राख्छ र ताजापनको अनुभूति दिन्छ ।


–बिहान उठेपछि १ गिलास पुदिना पानी पिउने बानीले शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्न र पाचन प्रणालीमा सुधार ल्याउन मद्दत गर्छ ।
–गर्मीमा घामबाट निस्किएपछि वा दिउँसोको खाना पछि यसको सेवन गर्नाले शरीरलाई शीतलता मिल्छ ।
– कसरत वा योग पछि पुदिना पानीले शरीरलाई रिहाइड्रेट गर्छ । (साँघु साप्ताहिक, २०८२ असार ९) 

 

प्रतिकृया दिनुहोस