• मंगलबार-असार-१०-२०८२

कलाकार कलकतियावालीकी श्रीमती अँसा सदा घरमै मृ त फेला, आ त्मह त्याको आशंका

 

सिरहा १० असार । मधेसको चर्चित कलाकार अभिनास झा उर्फ कलकतियावालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकै रहेको आफ्नै घरमा मिति २०८२ असार ९ गते सोमबार राति अँसा सदा मृत अवस्थामा फेला परेकी हुन् ।

 

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक संजालमा खुसी देखिएका थिए । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातिकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माइती पक्ष नआएको कारण अगाडिको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए । 

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा बिहानैदेखि भिड लागेको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसवारे जानकारी दिन सक्ने अवस्थामा छैनन् ।

 

कलाकार अविनास झा र अँसा सदाबीच करिब १०/ ११ दिनदेखि तनाव चल्दै आएको थियो । अहिले प्रहरीको टोलीले घटना स्थललाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडि बढाएको छ । 

 

माइती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडि बढने प्रहरीले जनाइएको छ । जानकारी अनुसार उनले आत्महत्या गरेकी हुन् । यद्यपि, प्रहरीले यसलाई बिना पोष्टमार्टम पुष्टि गर्न नसकिने बताएको छ ।

 

यसबारे अनुसन्धान तीव्र बनाइएको छ ।

प्रतिकृया दिनुहोस