कतिपय मानिसहरुको पिसाब च्यापेर बस्ने बानी हुन्छ । यो स्वास्थ्यका लागि निकै घातक हुन्छ । हामी सार्वजनिक स्थान र काम व्यस्तताका कारण पिसाब रोकेर राख्छौं । तर बारम्बार यसो गर्दा पिसाबथैली र मिर्गाैलामा नराम्रो असर परेको हुन्छ । यसले कयौं रोग र गम्भीर समस्या पनि सिर्जना गर्दछ ।
–पिसाब रोक्ने बानीले पिसाब नलीको इन्फेक्सन हुने खतरा बढ्छ । अझ महिलाहरुमा यस्तो समस्या बारम्बार हुने गरेको देखिन्छ ।
–पिसाब थैलीको मांसपेशी तन्किने भई बारम्बार पिसाब लाग्ने र पिसाब नियन्त्रण गर्न कठिनाई हुने समस्या सिर्जना हुन सक्छ ।
–पिसाब फेर्दा पिसाब थैली खाली नहुने र पिसाब लागिरहेको महसुस हुने अवस्था सिर्जना हुन सक्छ । पेटमा भारीपन, दुखाई र जलन हुने समस्या देखापर्न सक्छ ।
–पिसाब रोक्ने बानीले मिर्गाैलामा असर पार्न सक्छ । यसले फिल्ट्रेसन सिस्टमलाई असर गरेको हुन्छ । त्यसैले मिर्गाैला फेल हुने समस्या पनि देखापर्न सक्छ ।
पिसाब रोक्ने बानी कम गर्नुपर्छ । सकेसम्म शौचालय जाने गरेमा यस्ता गम्भीर समस्याबाट बच्न र अन्य रोगहरुबाट बच्न पनि मद्दत हुन्छ । (साँघु साप्ताहिक, २०८२ असार २)
प्रतिकृया दिनुहोस