• शनिबार-जेठ-२४-२०८२

‘एक खाता, एक रुख’ : सिटिजन्स बैंकको बृहत वृक्षारोपण अभियान 

मञ्जुश्री पार्क, चोभारमा १२८५ बिरुवा रोपिए

 

शनिबार, जेष्ठ २४, काठमाडौं । विश्व वातावरण दिवस २०२५ को सन्दर्भ पारेर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चोभारस्थित मञ्जुश्री पार्क मा १२८५ प्रजातिका बिरुवा रोपेर बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

 

‘Beat Plastic Pollution’ भन्ने वैश्विक नारालाई आत्मसात् गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिन गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन लगायत बैंकका उच्च अधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

 

कार्यक्रमको क्रममा सीईओ पोखरेलले भने, “हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौं। हामी हरेक वर्ष ‘एक खाता, एक रुख’ अभियान अन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौं।”

 

सिटिजन्स बैंकले यो वृक्षारोपण कार्यक्रमलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना गरेको हो। यसअघि पनि बैंकले स्वास्थ्य शिविर, सामुदायिक विद्यालय, मठ–मन्दिरमा सहयोग जस्ता गतिविधिहरू गर्दै आएको छ।

सामाजिक मात्र होइन, डिजिटल क्षेत्रमा पनि अग्रसर


केही समयअघि विश्वकै प्रतिष्ठित ‘Bank of the Year 2024’ अवार्ड जितेको सिटिजन्स बैंकले डिजिटल सेवा विस्तारमा पनि लगातार नयाँ प्रयोग गरिरहेको छ।


हालै मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड - ‘Citizens PhonePay Credit Card’ सञ्चालनमा ल्याएको बैंकले मोबाइल बैंकिङ एपमार्फतै शेयर आवेदन, ऋण चुक्ता सेवा र क्रस बैंक टेलर सुविधा पनि सुरू गरेको छ।

अब अन्य बैंकका ग्राहकले समेत सिटिजन्सको शाखाबाट टेलर क्यूआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ — जुन सेवा डिजिटल बैंकिङको उत्कृष्ट नमुना हो।

देशभर सञ्जाल विस्तार


वर्तमानमा सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६८ ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

📌 सिटिजन्स बैंकको यो हरियाली अभियानले वातावरणप्रेमी बैंकको पहिचान थप बलियो बनाएको छ। ‘एक खाता, एक रुख’ जस्ता नविन सामाजिक पहल अन्य संस्थाका लागि पनि उदाहरणीय बन्न सक्छ।

✍️ साँघु न्यूज डटकम | काठमाडौं

प्रतिकृया दिनुहोस