इस्लामबाद, २४ जेठ । पाकिस्तान चीनसँग धेरै नजिकको सबन्ध रहेको छ । त्यसमा पनि पाकिस्तानसँग चीनलाई नजिकको सबन्ध बनाउनका लागि गधाले धेरै महत्वपूर्ण भूमिका खेलिरहेको छ । चीन पाकिस्तानी गधाको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।
पाकिस्तानमा गधाको जनसंख्या ५९ लाख छ र पाकिस्तानि मिडिया डनको रिपोर्ट अनुसार पछिल्ला ३ वर्षमा यसमा निरन्तर वृद्धि भइरहेको छ । विशेष कुरा के छ भने पाकिस्तानमा यति धेरै गधा छन् कि यो अफ्रिकी देश इथियोपिया र सुडानपछि सबैभन्दा धेरै गधा भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको छ । तर, अझ डरलाग्दो कुरा के छ भने गधाको संख्या बढे पनि पाकिस्तानभित्र गधाको मूल्य भने निरन्तर बढिरहेको छ । र यसको सबैभन्दा ठूलो कारण चीनमा पाकिस्तानी गधाको माग तीव्र गतिमा बढनु हो । उसो भए यो प्रश्न उठछ कि चीनले पाकिस्तानी गधालाई के गरिरहेको छ ?
वास्तवमा, चीनले गधाबाट एक प्रकारको औषधि बनाउँछ, जसको नाम अजियाओ हो । र, चीनमा अजियाओको बढ्दो माग पूरा गर्न हरेक वर्ष लाखौं गधा मारिन्छन् । अजियाओ परम्परागत चिनियाँ औषधीमा प्रयोग हुने जिलेटिन हो । यो तरल पदार्थ गधाको छाला उमालेर तयार गरिन्छ । यस्तो अवस्थामा चीनमा गधाको छालाको बढ्दो माग पूरा गर्न उसले पाकिस्तानसँग विशेष चासो देखाइरहेको छ ।
अब तपाईंको दिमागमा यो विचार आउन सक्छ कि यो सुप जस्तो देखिने अजियाओमा के खास छ कि चीनका जनता यसको लागि पागल भइरहेका छन् । वास्तवमा, अजियाओ परम्परागत चिनियाँ चिकित्सामा शीर्ष तीन ‘टनिक’ मध्ये एक मानिन्छ । र, चीनमा विगत ३ हजार वर्षदेखि यसको निरन्तर प्रयोग भइरहेको छ । र, यो चिनिया टनिक पछिल्ला केही दशकहरूबाट भने इन्डोनेसिया, सिंगापुर र हङकङ जस्ता विश्वका अन्य देशहरूमा यसको क्रेज बढ्दै गएको छ ।
अब यसको उत्पादनमा संलग्न कम्पनीहरूले विश्वभर यसको पहुँच र प्रयोग विस्तार गरिरहेका छन् । रिपोर्टहरूका अनुसार अजियाओको व्यापक रूपमा थकान कम गर्न, प्रतिरक्षा प्रणाली सुधार गर्न, ट्यूमर हटाउन र एनीमिया निको पार्ने प्रभावहरूको लागि प्रयोग गरिन्छ ।
सन २०१३–२०१६ को बीचमा चीनमा अजियाओको वार्षिक उत्पादन ३२०० बाट एकैपटक ५६०० टनमा बढेको थियो । तर, त्यसपछिको पाँच वर्षमा यसको उत्पादन १६० प्रतिशतले बढेको छ । चीनमा मध्यम वर्ग बढ्दै गएको छ र यससँगै अजियाओको माग पनि बढिरहेको छ । अहिले त्यो बढ्दो माग पूरा गर्न लाखौं गधाको छाला चाहिन्छ ।
जसका कारण पाकिस्तानबाट गधा आयात गर्न चीन लाचार भएको छ । कारण आफ्नै देशमा गधाको संख्या ह्वात्तै घटेको अवस्था छ । समाचार अनुसार सन् १९९० मा ५६ लाख रहेको चीनमा गधाको संख्या २०२२ मा घटेर ८.६ लाख पुगेको छ, जुन ८० प्रतिशतले ठूलो गिरावट हो । जसका कारण अफ्रिका, दक्षिण अमेरिका र एसिया लगायतका विदेशी सप्लायरतर्फ जान बाध्य भएको थियो ।
तर, गत वर्ष अफ्रिकन युनियन (अफ्रिकी देशहरूको संगठन) ले गधाको छालाको व्यापारमा प्रतिबन्ध लगाएपछि चीनको लागि पाकिस्तान मात्रै आपूर्तिकर्ता रह्यो । त्यसयता पाकिस्तानबाट चीनमा गधाको छाला वा छाला आपूर्ति हुने क्रम तीव्र गतिमा बढेको छ । जसका कारण पाकिस्तान भित्र पनि गधाको मूल्य ह्वात्तै बढेको छ । रिपोर्टका अनुसार ठूला गधा जातका गधाको मूल्य पछिल्लो ५ देखि १० वर्षमा दोब्बर भएको छ ।
प्रतिकृया दिनुहोस