• शुक्रबार-जेठ-२३-२०८२

संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै


काठमाडौं । राजसंस्था र हिन्दू अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दैछ । 


बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बैठक बोलाइएको हो । उक्त बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

 

बैठकमा पहिलो चरणको आन्दोलनको समिक्षा तथा सरकारको दमनकारी नीतिलाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिने प्रेस प्रेस विज्ञप्ति मार्फत बताइएको छ । 


संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट पहिलो चरणको एक हप्ता लामो राजसंस्था र सनातन हिन्दू अधिराज्यको माग गर्दै आन्दोलन गरेको थियो । 

 

‘संयुक्त जनआन्दोलन समितिको आह्वानमा जारी पहिलो चरणको एक हप्ता लामो जनआन्दोलनको कार्यक्रम सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ । आन्दोलनमा सहभागी सबै स्वाभिमानी नेपालीहरुमा हार्दिक धन्यवाद छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ । 

 

 

प्रतिकृया दिनुहोस