• बिहीबार-जेठ-२२-२०८२

विश्वकप लिग–२ : नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित

 

काठमाडौं । आईसीसी विश्वकप लिग(२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ ।

 

स्कटल्याण्डमाले २९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरी रोमाञ्चक जित हासिल गरेको हो । 

 

नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ शेखले २० रनको योगदान दिए । बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए । 


स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस