काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजतन्त्रवादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन् ।
आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दूवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए ।
राजसंस्था र हिन्दूराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् ।
प्रतिकृया दिनुहोस