काठमाडौं, १८ जेठ । स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ । अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पत्ति ६.६ अर्ब अमेरिकी डलर रहेको छ ।
फोर्ब्सका अनुसार रियालले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब पनि बनेको छ ।
फोर्ब्सको सूचीमा ६.६ अर्ब अमेरिकी डलर सम्पत्ति सहित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । युनाइटेडले सन् २०२३–२४ सिजनमा ८३ करोड ४० लाख डलर आम्दानी गरेको थियो ।
यसैगरी बार्सिलोना, लिभरपुल र म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) तेस्रोदेखि १०औं स्थानमा छन् ।
प्रतिकृया दिनुहोस