• बिहीबार-जेठ-१५-२०८२

सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल 'ए' लाइसेन्स

 

काठमाडौं । कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले 'पान अमेरिकन कराते महासंघ'बाट रेफ्रीमा दोहोरो 'ए' लाइसेन्स प्राप्त गरेका छन् ।  उनी पान अमेरिकनबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स पाउने पहिलो नेपाली बनेका हुन् । 

 

मे १९ देखि २५ तारिखसम्म मेक्सिको मोन्टेरेमा भएको ‘३८ औ सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप’ कै क्रममा भएको रेफ्री तथा जर्जको परीक्षा पास गर्दै थोकरले यो सफलता पाएका हुन् । मे २४ तारिख शनिबार उनले काता तर्फ 'ए' लाइसेन्स पाएका हुन् ।  कुमुतेमा उनले यस अगाडि २०२३ मा नै 'ए' लाइसेन्स पाएका थिए ।

 

पान अमेरिका कराते महासंघ यस क्षेत्रका ३७ वटा राष्ट्र राष्ट्रिय कराते महासंघहरुको छाता संगठन हो । पान अमेरिकन कराते महासंघ विश्व कराते महासंघमा आबद्ध छ । पान अमेरिकन कराते महासंघले हरेक वर्ष सिनियर र जुनियर गरी दुई वटा च्याम्पियनसिप आयोजना गर्छ ।


पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा ए लेबल लाइसेन्स पाउनका लागि राष्ट्रिय रेफ्रीमा दोहोरो 'ए' लाइसेन्स हुनुपर्छ । राष्ट्रिय रेफ्रीमा कातामा तीन र कुमिते पाँच तह पुरा गरे पछि मात्र पान अमेरिकनमा जान पाइन्छ ।

 

कातामा जर्ज सी, बी र ए लेबल हुन्छ । कुमुतेमा जर्जको सी, बी, ए र रेफ्री बी र ए लेबल  हुन्छ। कराते खेलमा जर्जले म्याटको चार कुनामा बसेर खेलमा निर्णय दिन्छन् भने रेफ्रीले खेल खेलाउँछन् । कुनै पनि लेबलको लाइसेन्स पाउनका लागि लिखित र प्रयोगात्मक परीक्षा पास गर्नु पर्ने हुन्छ । थोकरले कुमुतेमा पहिला नै 'ए' लाइसेन्स पाएका थिए ।

 

सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप हरेक देशको राष्ट्रिय च्याम्पियनले भाग लिन्छन् । पान अमेरिकनमा सिनियर तर्फ हरेक तौल समूह पहिलो, दोस्रो र तेस्रो हुनेले विश्व च्याम्पियनसिपमा खेल्न पाउँछन्। यस पटकको विश्व च्याम्पियनसिप इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० सम्म हुँदैछ । थोकरलाई अब विश्व च्याम्पियनसिप खेलाउने बाटो खुलेको छ । 

 

थोकरले सन २०१९ देखि पान अमेरिकन च्याम्पियनसिपको यात्रा शुरु गरेका हुन् । उनले सन २०१३ मा अमेरिकी कराते महासंघबाट काता र कुमुते दुवै तर्फ दोहोरो ए लाइसेन्स पाएका थिए । ‘स्कुलमा व्यस्त हुन परेकोले अलिकति ढिलो भयो, तर खुसी छु, करातेमा मेरो मेहनत र निरन्तरताको फल हो।‘पान अमेरिकन रेफ्रीमा दोहोरो लाइसेन्स पाए पछि थोकरले भने, ‘सन२०१९ बाट शुरू गरेको यात्रा करिब ७ वर्ष पछि सफल भए ।’ थोकर अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली हुन् उनले सन २००७ मा अमेरिकाको न्यु योर्कमा कराते स्कुल स्थापना गरेका थिए ।

 

न्यु योर्कमा स्कुल स्थापना गरेको १७ वर्ष पछाडि उनले गत वर्ष न्यु योर्कमा कराते च्याम्पियनसिपको पनि आयोजना गरेका थिए । थोकरले अब हरेक वर्ष डिसेम्बरमा आइएमए न्यु योर्क कराते च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरी सकेका छन् ।
 

 

 

प्रतिकृया दिनुहोस