• बुधबार-जेठ-१४-२०८२

आयोजकले ‘वेश्या झै बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने

 

काठमाडौं, १२ जेठ । जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ ग्लैमरस जीवन जिउने मानिसले पनि यस्तो कदम चाल्छन् ।

 

यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ मिस इङ्ल्यान्डको उपाधि जितेकी मिल्ला म्यागीले ‘मिस वर्ल्ड ब्यूटी कन्टेस्ट’ मा भाग नलिने घोषणा गरेकी छिन् । तर, म्यागीले शो छोड्नुमा दिएको तर्क सुनेर मानिसहरु छक्क परेका छन् ।

 

भारतमा केही समय पछि आयोजना हुन गइरहेको यो प्रतियोगिता छाडेर आयोजकमाथि शोषण गरेको आरोप मिला म्यागीले लगाएकी छिन् । शोषणका कारण ‘आफू वेश्या झै’ बनेर यो काम गरिरहेको अनुभूति भए पछि मिस वर्ल्डमा भाग नलिने निर्णय गरेको पनि जनाएकी छिन् । सो प्रतियोगिताबाट बाहिरिएको घोषणा पछि पहिलो पटक प्रतिक्रिया दिदैँ उनले आफ्नो निर्णयको पछाडि व्यक्तिगत कारणमात्रै रहेकी बताइन् ।

 

द सनसँग कुरा गर्दै मिला मागीले आफू परिवर्तनका लागि प्रतियोगितामा प्रवेश गरेको बताइन् । उनका अनुसार आयोजकहरूका अगाडि सधै बाँदरजस्तै यो वा त्यो भनेको मानेर बस्नुपर्‍यो, जसले उनलाई वेश्याजस्तै महसुस गराएको थियो । त्यही भएर अब प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेकी उनले अहिले आएर बल्ल मुख खोलेकी छिन् ।

 

उनका अनुसार धनी पुरुष प्रायोजकहरूको अगाडि परेड गरे पछि बोल्ने निर्णय गरेको बताइन् । प्रतियोगितामा बिहान देखि बेलुकासम्म भारी मेकअप लगाउन र गाउनमा बस्न निर्देशन दिइएको म्यागीले बताइन् । 

 

उनले भनिन कि प्रत्येक टेबलमा ६ जना पाहुनाको लागि दुई जना केटीहरू थिए र हामीले उनीहरूसँग साँझसम्म बसेर उनीहरूलाई धन्यवाद दिन मनोरञ्जन दिन भनियो । ‘यो एकदमै गलत हो, म यहाँ मानिसहरूलाई मनोरञ्जन गर्न आएको होइन, म त क्षमता देखाउन आएको हुँ’ उनले भनिन् ।

 

मिला मागीले भनिन्, ‘मिस वल्र्डको एउटै मान हुनुपर्छ तर यो परम्परागत र विगतमा अड्किएको छ । यसले मलाई वेश्याजस्तै महसुस गराएको छ ।’ 

 

गत मे ७ मा म्यागी प्रमोशनल कार्यक्रमको लागि भारतको हैदराबाद गएकी थिइन्, जहाँ मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । त्यहाँवाट फर्के पछि गत मे १८ मा उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता छाड्ने जनाएकी थिइन । जसका कारण उनले अहिले खोलेकी हुन् ।

प्रतिकृया दिनुहोस