• बुधबार-जेठ-१४-२०८२

पूर्व राष्ट्रपति भण्डारीले चीनमा आज विशेष सम्बोधन गर्ने

 

काठमाडौं, १२ जेठ । बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज प्रमुख बक्ताको रूपमा आफ्नो सम्बोधन गर्दैछिन् ।

 

गत शनिबार राति एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुख सरह भब्य स्वागत गरिएको थियो । उनी  हिजाे बिहान बेइजिङ पुगेकी हुन् । 

 

१० दिने लामो भ्रमणको क्रममा पूर्व राष्ट्रपति भण्डारीले सोमबार र शुक्रबार प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दैछिन् ।
 

जस अनुसार आज चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ । 

 

उक्त कार्यक्रम भने बेइजिङको स्थानिय समय अनुसार सोमबार विहान आयोजना गरिएको छ भने शुक्रबार अर्को कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन् ।

 

शुक्रबार भने नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस