• बिहीबार-जेठ-८-२०८२

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ, थप अनुसन्धान हुँदै

 

काठमाडौं । भक्तपुरबाट एकजना नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो ।

 

उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए । नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति फैलाउँदै हिँडेको गुनासो आएपछि ठिमी प्रहरी वृत्तले गिरीलाई पक्राउ गरेको थियो ।

 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस