• आइतबार-जेठ-४-२०८२

सगरमाथाको चुचुरोमा सशस्त्र प्रहरीको झण्डा !

सहायक निरीक्षक दन्तबहादुर छत्यालको गौरवपूर्ण आरोहण

 

काठमाडौं, जेठ ४ । सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक दन्तबहादुर छत्यालले आज बिहान ९:२० बजे सगरमाथाको सर्वोच्च शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका हुन्।


सगरमाथा बेशक्याम्पबाट समन्वय गरिरहेका सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतका अनुसार, छत्यालको आरोहण अभियान सफलता पूर्वक सम्पन्न भएको हो।

छत्याल यसअघि वैशाख २२ गते ६,११४ मिटर अग्लो लोबुचे हिमाल चढिसकेका थिए।


"तराई, पहाड, हिमाल-सीमा सुरक्षामा सशस्त्र प्रहरी बल" भन्ने सन्देशसहित उनी २०८२ वैशाख १५ गते सगरमाथा मिसनमा निस्किएका थिए। उनी हलचोकस्थित बगलामुखी विशेष कार्यदल गणमा कार्यरत छन्।


प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले छत्याललाई २०८२ वैशाख १४ गते शुभकामनासहित बिदाइ गरेका थिए।

प्रतिकृया दिनुहोस