• बिहीबार-जेठ-१-२०८२

सांसद मोहन बस्नेत निलम्वित

 

काठमाडौँ, १ जेठ  : प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्वन भएको पत्र पढेर सुनाउनुभयो । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहनुभएका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्वन हुनुभएको हो । 

 

टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि रु तीन खर्ब २१ करोड बिगो माग दाबी गरिएको छ । 
–––

 

प्रतिकृया दिनुहोस